Bhotekoshi Rural Municipality Home / Directory
Bhotekoshi Rural Municipality
Phulpingkatti
Government
Office Info
Address Phulpingkatti
Email 2 info@bhotekoshimun.gov.np

नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो । प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो । नेपालको बदलिँदो राजनैतिक परिवर्तन पश्चात संघिय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तर तर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।

 भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाण्डौं देखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५०० मिटर उचाईमा पर्दछ । गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग कि.मी. रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा बिभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४,४२९ घरधुरीमा कुल जनसंख्या १७,१५६ रहेको छ । गाउँपालिका भित्र खेती योग्य जमिन कम भएकाले निर्वाहमुखी, परम्परागत खेती गर्दछन् । अधिकाश मानिसहरु व्यापार, पशुपालन, नोकरी र वैदेशिक रोजगारमा संलग्न छन् । यहाँको मुख्य धर्म हिन्दु, बौद्ध र इसाई रहेको छ । यहाँका मानिसको मुख्य भाषा नेपाली हो । शेर्पा, तामाङ, नेवार र अन्य जातिको आफ्नो मातृभाषा रहेको छ । भोटेकोशी गाउँपालिकालाई यस गाउँपालिका भित्र रहेका लिस्तीमाई स्थान, पौ गुम्बा, आनी गुम्बा, भैरवकुण्ड, दुगुनागढी, तातोपानी धारा, तातोपानी नाका, नारायणस्थान मन्दिर, बन्जीजम्पले नेपालमा मात्र नभई विश्वमा चिनाउन सफल भएको छ । ठूला जलविद्युतको रुपमा भोटेकोशी, मध्य भोटेकोशी जलविद्युत आयोजना संचालन एवं निर्माणाधीन छन भने शिवश्री, हिमशिखर जलविद्युत आयोजना भने निकट भविष्यमा नै संचालनमा आउने क्रममा छन् । भोटेकोशी गाउँपालिका विमाण्डक ऋषि तथा श्रृङगी ऋषिले तपस्या गरेको तपोभूमी भएकोले ऐतिहासिक धार्मिक, पुुरातात्विक पर्यटकिय सम्पदाको रुपमा परिचित छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.