Binayi Tribeni Rural Municipality Home / Directory
Binayi Tribeni Rural Municipality
Dumkibas
Government

विनयी त्रिवेणी गाउपालिका  नेपालको गण्डकी प्रदेश, नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल  सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स, धुरकोट (६ वटा वडा), राकाचुली (४ वटा वडा) र त्रिवेणी सुस्ता (२ वटा वडा) गा.वि.स हरु मिलाएर "विनयी त्रिवेणी गाउपालिका" घोषणा गरिएको हो । २८८.०६ वर्ग कि.मि छेत्रफल वोगटेको यस गाउपालिकामा करिब ३८,३७० जनसंख्या बसोबास गर्ने गर्छन ।

 

नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ ।  यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग  "होंगशी शिवम सिमेन्ट "उद्योग अवस्थित छ ।  यस गाउपालिकाको अन्य बिशेषताका रुपमा श्री दाउन्ने देवी मन्दिर, त्रिवेणीको गजेन्द्र मोछधाम, मदरबाबा  तिर्थस्थल  रहेका छन, जसले आन्तरिक तथा बाहय तिर्थालु भक्तजनहरुलाई आकर्सण गर्ने गरेको छ । यस गाउपलिकामा विभिन्न जातजातिहरु जस्तै ब्राह्मण, छेत्री, मगर, थारू, गुरुङ, तामांग, नेवार, कुमाल, परियार, बिश्वकर्मा, आदि बसोबास गर्छन । यस्तै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा दशैं, तिहार, लोह्सर, माघी, होलि, आदि रहेको छ ।

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.