नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नंमा पर्ने एक स्थानीय तह हो । सर्लाही जिल्लाको २० स्थानीय तह मध्ये विष्णु गाउँपालिका मध्यमाञ्चल विकास क्षेत्रमा अवस्थीत दक्षिणको सिमावर्ती गाउँपालिका हो । यसको पूर्वमा कौडेना गाउँपालिका, उत्तरमा कौडेना गाउँपालिका र गोडैता नगरपालिका, दक्षिणमा भारतीय सीमा र पश्चिममा गोडैता नगरपालिकासँग सिमा छुट्याएको छ । पूर्व सिमामा लखनदेई खोला रहेको छ भने पश्चिममा पुरानो लखनदेई खोलाको छारन÷पैनी रहेको छ । यस गाउँपालिकामा भगवान विष्णुको मन्दिर रहेकोले भगवान विष्णुको नामवाट विष्णु गाउँपालिका नाम रहन गएको हो । स्थानीय तह गठनको क्रममा २ नं. प्रदेश, सर्लाही जिल्ला अन्तर्गतका साविक गाउँ विकास समितिहरु सिमरा, बत्रौल, मधुवनगोठ र वाराउद्योरण मिसिएर विष्णु गाउँपालिका स्थापना भएको हो । कुल ८ वटा वडा रहेको यस गाउँपालिकाको १, २ र ५ नं. वडाहरु भारतीय सिमासँग जोडिएको छ ।
पूर्व पश्चिम हुलाकी राजमार्गवाट लगभग ३ कि.मि. दक्षिणमा रहेको यस विष्णु गाउँपालिकालाई विकाशको गतिले भर्खर छुन थालेको छ । यहाँका अधिकाशं जनसंख्या कृषि तथा पशुपालन पेशामा आबद्ध रहेको पाईन्छ भने युवाहरु रोजगारका लागि विदेश पलायन भएको अवस्था छ । केही व्यक्तिहरुले आधुनिक ढंगले माछापालन र होटल व्यवसायमा संलग्न रहनु बाहेक हालपनि परम्परागत खेती तथा पशुपालनमै बढी आबद्धता देखिन्छ ।
यहाँको वस्तु स्थिती बारे उल्लेख गर्दै गर्दा यहाँ विकाशको सम्भावना नभएका भने होईन । विष्णु गाउँपालिका विशेष पहिचान बोकेको गाउँपालिका हो । छेउमै चुरे क्षेत्रवाट निस्केको लखनदेई खोलाको किनारमा केरा वगान, आप वगान जस्ता वगैचाहरु लगाउन सक्ने सम्भावना रहेको छ । यस गाउँपालिकको हरेक ठाउँमा विधुत तार पुगिसकेकोले यहाँ विधुतीय सिचाईलाई प्राथमिकता दिई विदेशीने युवाहरुलाई देश मै स्वरोजगारको रुपमा आधुनिक कृषि खेतीको विस्तार गर्न नसक्ने पनि होईन । यस गाउँपालिका अन्र्तगत वडा नं. ६ मा रहेको भगवती स्थान र मिरजावा वावा क्षेत्रलाई व्यवस्थापन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ । यस्तै यस गाउँपालिकिा भित्र वडा नं. ४ मा रहको विश्वनाथ वावा को मन्दिरमा प्रत्येक वर्ष श्रीपंचमीको दिन श्रधालु भक्त जन हरुले विहानै स्नान गरी जल चढाउन हजारौँको संख्यामा जम्मा भई मेला हेर्ने गर्दछ । पर्यटकीय क्षेत्रमा आएको नयाँ अवधारणा होमस्टेको विषयमा अहिलेपनि यहाँको समुदाय अनभिज्ञ जस्तै देखिन्छ । पर्याप्त मात्रामा खाली जग्गा तथा मशिना सिपेजहरु रहेको यस स्थानमा विकाशका नयाँ नयाँ सम्भावनाहरु पर्याप्त छन् । यस्ता विषयमा यस स्थानीय तहले योजना तथा कार्यक्रम ल्याउन सकियो भने यसबाट विष्णु गाउँपालिकाको आर्थिक तथा पूर्वाधार विकाशमा टेवा पुग्नुको साथै दैनिक विदेशिने यहाँका य्ुवाहरुले गाउँमै रोजगारीको अवसर समेत प्राप्त गर्ने देखिन्छ ।
लामो समय जनप्रतिनिधि विहिन रहेका स्थानीय तहमा जनप्रतिनिधि बहालीका लागी भएको ऐतिहासिक स्थानीय तह निर्वाचन २०७४ को दोस्रो चरणमा यस गाउँपालिकामा जनप्रतिनिधि चयन भएका हुन् । संघीयता सहितको संविधानले संवैधानिक रुपमै तीन तहको सरकार– संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार उल्लेख गरेबाट स्थानीय तहको जिम्मेवारीलाई स्पष्ट गर्दछ । संविधान बमोजिम अधिकार तथा जिम्मेवारी पाएको स्थानीय तहसँग जनताको ठुलो अपेक्षा रहनु स्वभाविक हो । संविधानकै माध्यमबाट सशक्त बनाईएका स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमा विकाशको ख्ष्कष्यल, दीर्घकालिन सोच र योजना तथा कार्यक्रम सम्बन्धी नविनतम जानकारीले सम्बन्धित स्थानीय तहको भाग्य निर्धारण गर्दछ ।
यस गाउँपालिकाको क्षेत्रफल २८.०९ बर्ग किमि र जनसंख्या: २८५७० (महिला: १४७७८, पुरूष: १३७९२ ) छ |
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.