Buddhashanti Rural Municipality Home / Directory
Buddhashanti Rural Municipality
Budhabare
Government
Office Info
Address Budhabare
बुद्धशान्ति गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत झापा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो  । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । बुद्धशान्ति गाउँपालिकाको कूल क्षेत्रफल ७९.७८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या ५२९११ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मेचीनगर नगरपालिका पश्चिममा अर्जुनधारा नगरपालिका उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका सम्म फैलिएको छ । यस गाउँपालिकाको कार्यालय झापाको मेचीनगर नगरपालिका तथा इलामको रोङ गाउँपालिकालाई जोड्ने मेची राजमार्गमा रहेको बुधबारे चोकको पश्चिममा रहेको साबिक बुधबारे गा.बि.स. को कार्यालय लाई तोकिएको छ। प्रत्येक हप्ता को बुधबार लाग्ने साबिक बुधबारे तथा शान्तिनगर गा.बि. स. को एकमात्र  पुरानो बजार बुधबारे बजार पनि यसै स्थानको करिब  १०० मि. पूर्व  रहेको छ जहाँ अहिले  पनि सदाझैँ  उत्तिकै जनसहभागिता र उत्साह पुर्बक किनमेल तथा हाट बजार गर्ने संस्कृति पाईन्छ ।बुद्धशान्ति गाउँपालिका बिशेस गरि धान खेति को लागि चिनिने गर्छ भने यहाँका कृषकहरु  सुपारी ,नरिवल ,चिया ,मकै लगायत अन्य खेति मा पनि संलग्न भएको पाईन्छ  ।हाल धेरै संख्यामा यहाका कृषकहरु गाइ ,कुखुरा , खसी ,सुँगुर आदि जस्ता पशुपालनमा पनि आकर्षित रहेको र उल्लेखनिया मुनाफा आर्जन गरेको पनि पाईन्छ ।बुद्धशान्ति गाउँपालिकाले शहरीकरणलाई व्यवस्थित गरि आधुनिक शैलीको नगर व्यवस्थापन गर्न यहाँ रहेका आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटन क्षेत्रको बिकास तथा प्रबर्धन गर्न बुद्धशान्ति गाउँपालिका तथा गाउँपालिकाबासी अग्रसर तथा उत्साहित रहेको देखिन्छ . यहि हौसला तथा उर्जालाइ  बिकासको आधार  मान्ने हो भने यो गाउँपालिका ले चाडै नै आधुनिक सहर को रुपमा काँचुली फेर्छ भन्ने बिश्वास गर्न सकिन्छ। विविध जातजाति,धर्म,वर्ग,पेशा व्यवसाय भएका मानिसहरुको शान्तिपूर्ण रुपमा धार्मिक सहिष्णुता कायम राख्दै आपसी मेलमिलाप तथा हातेमालो गरि बसोबास गरेको यस गाउँपालिकामा थुप्रै सम्भावनाहरु रहेका छन् । पहाडको चिसो संगसंगै मधेशको सुरुवाती तापको सम्मिश्रण रहेको यो गाउँपालिकालाई अनुकुल वातावरण,प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपयुक्त पर्यटकीय गन्तव्य स्थल को रुपमा लिन सकिन्छ  । यहाँ झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भूभागको मनोहर दृष्यावलोकन गर्न सकिने गरि यस गाउँपालिकाको  वडा नं ७ स्थित धारागोला भ्यु टावर को निर्माण तिब्र गति मा भइरहेको छ ।यस क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरी आन्तरीक तथा बाह्य पर्यटकको पहिलो रोजाईको स्थान बनाउने लक्ष्य राखीएको छ ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.