Butwal Sub-Metropolitan City Home / Directory
Butwal Sub-Metropolitan City
Government
Office Info
Address Not available
Fax 071-541283

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।


तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब दुई लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन्।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.