Cattle Genetic Resource Center Home / Directory
Cattle Genetic Resource Center
Jiri, Gurans RM, Dailekh, Karnali
Government
Address Jiri, Gurans RM, Dailekh, Karnali
Website cgrcjiri.gov.np

पशु विकास फार्म, जिरीको स्थापना स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०१४ सालमा भएको थियो । यो फार्म २०१८ सालमा जिरी बहुमुखी विकास आयोजना अन्तर्गत रही पशु विकास सम्बन्धि कार्य गर्दै रहेकोमा कृषि विकासका कार्यक्रमहरु एकिकृत रुपमा अघि बढाउन २०२० सालमा जिरी कृषि केन्द्रको स्थापना भएको थियो  । यसैक्रममा २०२० साल माघ २३ गतेका दिन तत्कालीन श्री ५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहदेवका बहुलीबाट जिरी एग्रीकल्चर स्टेशनको उद्घाटन भई यस अन्तर्गत वाली विकास कार्यक्रम, पशु चिकित्सालय, बागवानी विकास कार्यक्रम र समन्वयात्मक पशु विकास कार्यक्रमहरु सचालन भएको थियो । आ.व. २०४२/४३ सालमा कृषि केन्द्रका अरु शाखाहरु स्वतन्त्र भई अन्यत्र सारिएक भने आ.व. २०४३/४४ देखि पशु विकास फार्म जिरी नामाकरण गरि कार्यक्रम सचालन भई रहेको थियो ।

 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार साविकको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहत रहने निकायहरुको सघिय प्रणाली अनुसार पुनर्संरचना भए बमोजिम यी पशु विकास फार्म नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रियपशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत सञ्चालन हुने गरी गाई आनुवाँशिक स्रोत केन्द्र जिरी, दोलखाको स्थापना भएको हो । यस केन्द्रको प्रमुख उद्देश्य राष्ट्रियस्तरमा गाईको आनुवाँशिक स्रोत संरक्षण, संवर्द्धन, प्रवर्द्धन र सदुपयोग गर्नु हो । गाई विकाससंग सम्बन्धित प्रविधिको विकास र विस्तार गरी गाईको उत्पादकत्वमा वृद्धी ल्याई राष्ट्रियस्तरमा व्यवसायिकता अभिवृद्धीमा टेवा पुर्‍याउन गाई अनुवाँशिक स्रोत केन्द्रको कार्य विस्तृतिकरण(Terms of reference)देहाय बमोजिम तयार गरिएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.