Chainpur Municipality Home / Directory
Chainpur Municipality
Government
Address Not available
1 {'name': 'Email 2', 'value': 'info@chainpurmun.gov.np'}

  धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौंडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका पर्दछन् ।

 

संखुवासभा जिल्लाका नगरपालिकाहरु मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठुलो २२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, विश्वकै ठुलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरु, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपुर्ण मठमन्दिरहरु, प्राकृतिक सुन्दरताले भरिपुर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरु चैनपुरको गरिमा हुन् ।

 

साविकको पाँच गा.वि.स. सिध्दकाली, सिध्दपोखरी, चैनपुर, वानेश्वर र खरांग समेटिएर स्थापना भएको यस चैनपुर नगरपालिकामा २०७३ फागुनमा स्थानीय तहको संरचना घोषणा गर्दा नुनढाकी समेत समेटेको छ । उष्ण प्रदेशीयदेखि शितोष्ण प्रदेशसम्मको जलवायु तथा हावापानीको विविधतासंगै यस क्षेत्रमा जैविक तथा पर्यावरणीय विविधतामा धनी रहेको छ ।

 

११ वडामा विभाजित २०६८ को राष्ट्रिय जनगणना वमोजिम २८,०७४ जनसंख्या तथा ५,९३९ घरधुरीभित्र नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरुको वसोवास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरु रहेका छन् । दशैं, तिहार, बुद्धजयन्ती, ल्होसार, उधौली, उभौली, तीज, बालाचतुर्दशी माघे तथा साउने सक्रान्ति, कृष्णजन्म अष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदि पर्वहरु विशेषरुपमा मनाइने गरिन्छ ।

 

चैनपुर बजार, १ नं प्रदेश पुरानो र ऐतिहासिक महत्व बोकेको यस नगरपालिका भित्र चैनपुर, पोखरी, तथा खरांग यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रुपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरु संचालित छ।

 

यहाँका व्यवसायीले बनाएका वस्तुहरु मध्ये धातुको करुवा, चैनपुरको पर्याय बनिसकेको छ। ऐतिहासिक कालमा किराँतहरुको शासन रहेको यस स्थानलाई सो बेलामा गोलाबजार भनिने गरिएको पाइन्छ | नेपाल एकीकरण पश्चात पूर्व ६नं भनी चिनिने यस स्थानलाई सो वेलामा गोलाबजार भनिने गरिएको पाइन्छ। नेपाल-भोटबीचको अन्तिम युध्द यसै गढीबाट टिस्टासम्म पुगी लडेको इतिहास पाइन्छ । काठमाडौंबाट दूरी नाप गरी राखिएको कोशढुंगाले पनि यस ठाउँको प्रशासनिक, पुरातात्विक र ऐतिहासिक महत्व उजागर गरेको   छ |

 

माथि उल्लेखित सुन्दर प्राकृतिक, धार्मिक ऐतिहासिक सम्पदाहरुको अलावा बिक्रम सम्बत् १९९० माघ २ गते आएको महाभूकम्पको केन्द्र बिन्दुसमेत यसै नगरपालिकाको वडा नं ६ मा पर्ने भएकोले व्यापक प्रचारप्रसार गरि चैनपुरलाई थप चर्चामा ल्याउन सकिने स्थल हुन् |

 

चैनपुर क्षेत्रमा काठमाडौ, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट व्यापारको सिलसिलामा आई नेवारहरुको बसोवास वृद्धि भए संगै बजार क्षेत्रमा सोही ठाउँको संस्कार र संस्कृतिहरु हालसम्म जीवन्त रहेको पाउन सकिन्छ ।

 

कोशी राजमार्गले तराई तथा सदरमुकाम खाँदबारीसम्मको व्यापार व्यवसाय तथा आवत-जावतमा सुगमता पुर्याउन, यस क्षेत्रको आर्थिक, सामाजिक गतिविधिमा वृद्धि गर्नुको साथै पूर्वाधार विकासको क्षेत्रमा पनि उल्लेखनीय भूमिका खेलेको छ ।

 

चैनपुर नगरपालिकामा जिल्ला अदालत, जिल्ला न्यायाधिवक्ताको कार्यालय, शसस्त्र प्रहरी गुल्म, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि सेवा केन्द्र, पशु स्वास्थ्य केन्द्र, इलाका हुलाक कार्यालय, नेपाल टेलिकम, नेपाल विधुत प्राधिकरण, आयुर्वेद औषधालय, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्रहरु आदि सरकारी कार्यालयहरु रहेकामा हाल स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहमा रहेर सञ्चालन भइरहेका छन् । सरकारी क्षेत्रको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, निजि क्षेत्रको ग्लोबल आइ एम इ बैंक लगायत आधा दर्जन जति लघुवित्त संस्थाहरुका साथै करिव ३ दर्जन सहकारी संस्थाहरुसमेत संचालनमा रहेका छन् ।

 

६५ प्रतिशत खेतियोग्य जमिन रहेको यस क्षेत्रमा धान, मकै, कोदो, गहुँ, खाधान्नवाली र अलैची, उखु, बदाम, कफी, चिया, अदुवा, खुर्सानी, अमृसो, सुन्तला, आलु, बोडी, मास, मस्याम, आँप, रुद्राक्ष (दाना) जस्ता नगदेवाली तथा तरकारी वालीहरु उत्पादन हुन्छन् । त्यसैगरी गाई, भैसी, बंगुर, बाख्रा, खसी, भेडा, कुखुरा जस्ता पशुपंक्षीहरु पालिन्छन् । यहाँको खेति तथा पशुपंक्षी पाल्ने तरिका परम्परागत ढंगबाटै गरिन्छ भने रुद्राक्ष र अलैची यस क्षेत्रको महत्वपुर्ण नगदे बालीको रुपमा रहेको छ।पिलुवाखोला, हेवाखोला लगायतका स्थानमा जलविद्युत उत्पादन भएको र कतिपय स्थानमा उत्पादनको चरणमा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.