Champadevi Rural Municipality Home / Directory
Champadevi Rural Municipality
Kalika
Government
Office Info
Address Kalika
Phone
Not available
Email 2 ito.champadevimun@gmail.com

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापनको माध्यमद्धारा दिगो, सुशासन, विकास र समृद्धिको आंकाक्षा पूरा गर्ने संविधान सभावाट पारित गरी लागू गएिको नेपालको संविधानले सवैधानिक अंगकै रुपमा स्थापित स्थानीय तहको उपज चम्पादेवी गाँउपालिकामा तत्कालिन पलापु, कालिका, फेदिगुठ, फूलबारी, रानीवन र विलन्दु गाँउविकास समितिलाई समेटी १० वटा वडामा विभाजित यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग कि.मि र कुल १८६९१ जनसंख्या रहेको छ ।


चम्पादेवी गाउँपालिका राजनैतिक विभाजनका दृष्टिकोणमा कोशी प्रदेश ओखलढुंगा जिल्लाको कालिकामा गाउँ कार्यपालिकाको केन्द्र रही साविकका ६ वटा गाविस हाल वैज्ञानिक विभाजन भई दश वटा वडाहरुमा फैलिएर पूर्वमा सुनकोशी गाउँपालिका पश्चिममा लिखु गाउँपालिका र रामेछाप जिल्ला उत्तरमा लिखु, खिजिदेम्बा र मोलुङ गाउँपालिकालाई छुदै दक्षिण तर्फ सिन्धुली जिल्लासम्म फैलिएको छ । श्री चम्पादेवीको तीनतले, ककनी, सेरलुङ थिनल, फेन्दीछोक, टाँसी छोलिङ सोनाम गुम्बा,सिद्धपोखरी,कवासे थुम्का,थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, चमेरे गुफा, वन झाक्रीँ गुफा, इसाई गुफा, कार्जु दमार, मालिङ्गेडाडाँ, भिमल दुलो आदी यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।


यस गाउँपालिका भएर बग्ने सबैभन्दा ठूला नदीहरुमा सुनकाशी, लिखु र शेरा खोला पर्दछन भने साना मध्येका पत्ताले खोला, फेदीखोला,फेदीखोला, सिम्ले खोला, कालो खोला, घ्याङले खोला,पात्ले खोला लगायतका खोला गाउँपालिकाका प्राकृतिक जल सम्पदा हुन र कमिलेचौर, सिद्धपोखरी, कवासे थुम्का, थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, लगायतका पहाडी थुम्का र डाडांहरु पर्दछन भने चमेरे गुफा, वनझाक्री गुफा जस्ता गुफा साथै लोभलाग्दा फाटहरु, रमणीय डाडां पाखाहरु रहेका छन जसले आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा यस क्षेत्रलाई पर्यटकीय प्रवद्धन, विकास र व्यवस्थापन गर्न सकिने प्रचुर सम्भावना छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.