Chamunda Bindrasaini Municipality Home / Directory
Chamunda Bindrasaini Municipality
Jambukadh
Government
Address Jambukadh
Email 2 info@chamundabindrasainimun.gov.np
Toll Free No. 16600182222

क. भौगोलिक अवस्थिति

चामुण्डाबिन्द्रासैनी नगरपालिका २८0५२'०२.८०” डिग्री उत्तरी अक्षांश देखि २९0००'९६.८७” उत्तरी अक्षांश सम्म र २८0३१'२५.३७” देखि ८१0३६'१६.८०” पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको क्षेत्रफल ९०.६० वर्ग कि.मि. छ । समुन्द्री सतह देखि न्यूनतम ६०० मिटर र अधिकतम ३००० मिटर सम्मको उचाइमा रहेको यो नगरपालिकाको सदरमुकाम १३५० मिटरको उचाइमा जम्बुकाँधमा रहेको छ । यस नगरपालिकाको कूल भू-भाग मध्ये १२०५८ हेक्टर वनजंगल र ३७४५ हेक्टर क्षेत्रफल खेति योग्य जमिनले ओगटेको छ । यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकको चामुण्डा गा.वि.स. र ल्याँटीविन्द्रासैनी गा.वि.स. को नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरवी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् । स्थानीय तहको पुनर्सरंचना गरिँदा यो नगरपालिका साविकका चामुण्डा गा.वि.स., जम्बुकाँध गा.वि.स. र लयाँटीबिन्द्रासैनी गा.वि.स. लाई एकीकरण गरी चामुण्डाबिन्द्रासैनी नगरपालिका नामाकरण गरी पुनर्संरचना गरिएको छ । भौगोलिक स्वरुप अनुसार यो नगरपालिका उत्तर दक्षिण भएर फैलिएको छ । पूर्वमा पर्ने देउगाड खोला, पश्चिममा पर्ने रामगाड खोला र दक्षिणमा अविरल वगिरहेको कर्णाली नदी यस नगरपालिकाका ठूला जल सम्पदाहरू हुन् । यसको सदरमुकाम साविकको जम्बुकाँध गा.वि.स. को जम्बुकाँधमा रहेको छ ।

 

ख. राजनैतिक विभाजन

“चामुण्डाबिन्द्रासैनी नगरपालिका” स्थानीय तहको पुर्नसंरचना हुँदा, साविकका चामुण्डा, जम्बुकाँध र ल्याँटीबिन्द्रासैनी गाउँ विकास समितिहरूलाई समावेश गरी २०७३ फागुन २७ गते विधिवत रुपमा स्थापना भएको हो । यस नगरपालिकालाई ९ वटा वडाहरूमा विभाजन गरिएको छ, जसमा साविकको चामुण्डा गा.वि.स.लाई वडा नं. १, २, ३ र ४, जम्बुकाँध गा.वि.स. लाई वडा नं. ५ र ६ तथा साविकको ल्याँटीविन्द्रासैनी गा.वि.स. लाई वडा नं. ७, ८ र ९ मा विभाजन गरिएको छ ।

 

ग. जातीय विविधता

दैलेख जिल्ला विभिन्न जातजातिहरूको उद्‍गम स्थलको रुपमा रहेको कुरा इतिहासकारहरुले व्याख्या गरेका छन् । यो नगरपालिका पनि दैलेख जिल्लाका एघार वटा स्थानीय तह मध्येको एक जातीय विविधता युक्त नगरपालिका हो । यस नगरपालिकामा वाहुन (उपाध्याय, न्यौपाने, रेग्मी, चौलागाइ, ढकाल, खनाल, सापकोटा, अधिकारी, कंडेल, सुवेदी, भट्टराई, रिजाल, देवकोटा), ठकुरी (रास्कोटी, सोबन्सी, चन्द, सिंह, हमाल, कल्याल, रखाल), क्षेत्री (भण्डारी, थापा, विष्ट, खड्का, खत्री, घर्ती, बुढा, बोहोरा, रावत, सावद, कार्की, रोकाया क्षेत्री), जनजाती (गुरुङ, मगर, लामा, तामाङ्ग), दलित (दमाई, कामी, सावन, सार्की, रोकाया, वादी), दशनामी (गिरी, योगी) आदि जातजातीहरूको मुख्य बसोबास रहेको छ ।

 

घ. धार्मिक तथा पर्यटकीय स्थलहरू

यस नगरपालिकाको नामाकरण गरिँदा नै चामुण्डा र बिन्द्रासैनी देवीको नामबाट गरिएकोले यो नगरपालिका धार्मिक तथा सांस्कृतिक रुपले पनि भरिपूर्ण रहेको छ । बिन्द्रासैनी देवीको मन्दिर, चामुण्डा देवीको मन्दिर, दक्षिण भेगमा अवस्थित स्वामिकार्तिकको मन्दिर, पूर्वी भेगमा अवस्थित पवित्र पञ्चकोशी तीर्थस्थल अन्तर्गतको पादुकास्थान र भैरवी, वडा नं. ३ मा रहेको भैरव मन्दिर वडा नं. ७ को मन्दिर, वडा नं. ५ को खापरथान मन्दिर, वडा नं. ७ मा रहेको देवती र पूर्णामाला मन्दिर यहाँका महत्वपूर्ण धार्मिक स्थलहरू हुन् ।

 

ङ. सांस्कृतिक विविधता

यस नगरपालिकामा बसोबास गर्ने बहुसंख्यक जातजातिहरू हिन्दु धर्म मान्‍ने गर्दछन् भने वौद्ध धर्मालम्बीहरुको पनि यस नगरपालिकामा बाहुल्यता रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुका आ-आफ्नै किसिमका धार्मिक तथा सांस्कृतिक परम्परा रहेका छन् । दशैं, तिहार, कृष्णअष्टमी, हरितालिका तीज, माघे संक्रान्ति, होली, चैतेदशैं, नव वर्ष (तागा), गुरुपूर्णिमा, नागपञ्चमी हिन्दुहरूका महत्वपूर्ण चामडपर्वहरू हुन् भने बुद्धजयन्ती, ल्होसार आदि बौद्ध धर्मावलम्बीहरूका महत्त्वपूर्ण चाडपर्वहरू हुन् ।

 

च. भू-उपयोगको अवस्था

क. जम्मा क्षेत्रफल, सरकारी, गौचरण, मिन्हा, गुठी जग्गा र आवादी जग्गा रहेका छ ।

 

छ. प्रमुख व्यापारिक केन्द्रहरू

पादुकाखोला, डौसुर, बिन्द्रासैनी, विशालबजार, भोटेको चोतारा शान्तिबजार, जम्बुकाँध, लैनचौर, थर्कुवाले वनाडा, वुडेली, हाडाकोट, मटेला, चाल्नेचौतारा, पालेताडा, पुनडाँडा, पुलबजार आदि यस नगरपालिका भित्रका प्रमुख व्यापारिक स्थलहरू हुन् ।

 

ज. कृषि जन्य उत्पादनहरू

यहाँ विभिन्न किसिमका कृषि जन्य वस्तुहरू उत्पादन भइरहेका छन् । यो नगरपालिका विविध भौगोलिक बनावट यूक्त भएकोले यहाँ विभिन्‍न किसिमका कृषि वस्तुहरू उत्पादनको सम्भावना रहेको छ । यहाँ उत्पादन भैरहेका र हुन सक्ने कृषि जन्य वस्तुहरू यस प्रकार रहेका छन् ।

अन्‍नवालीहरू :- गहुँ, मकै, धान, कोदो

दलहन वालीहरू :- मसुरो, बोडी, केराउ, सिमी, कालोमास, भटमास, चना

फलफूलहरू :- आँप, अंगुर, केरा, आरू, आरुवखडा, लिचि, किबी, ओखर, अनार, सुन्तला, कागती, मेवा, अमिलो, जुनार

मसला :- वेसार, अदुवा, अलैंची, असुन, प्याज, धनिया, खुर्सानी

पशुपालन :- बाख्रा, भैंसी, कुखुरा, वंगुर, गाई, माछा

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.