Chandannath Municipality Home / Directory
Chandannath Municipality
Khalanga Bazar, Chandannath MUN, Jumla, Karnali
Government
Address Khalanga Bazar, Chandannath MUN, Jumla, Karnali
Fax 087-520011

नेपालको संबैधानिक र राजनैतिक विभाजन अनुसार ७७ जिल्ला मध्ये जुम्ला जिल्ला पनि एक हो । नेपाल सरकारको मिती २०७३ साल फागुन महिनाको २७ गते नेपाल राजपत्रमा सूचना प्रकासित गरि नेपालमा ७४४ स्थानिय तह रहने ब्याबस्था गरेको थियो । जस अनुसार जुम्लामा एक नगरपालिका र सात गाउँपालीका गठन भएकोमा सो मध्ये एक चन्दननाथ नगरपालिका पनि हो । यस चन्दननाथ नगरपालिका १० वटा वडामा विभाजित छ । यस नगरपालिकामा ४२७१ घरधुरी र २०८८४ जनसंख्या रहेको पाइन्छ । यसको नामाकरण चन्दननाथ मन्दिरको नामबाट राखिएको हो । देश संघियतामा गइ रहेको बेलामा भएका साबिकका चार ओटा गा बि स हरु बिगठन भइ हाल चन्दननाथ नगरपालिका गठन भएको हो । यस नगरपालिकामा क्षेत्रि, ब्रहामण, दलित, जनजाती तथा र अन्य जातिको बसोबास हरेको छ । सास्कृतिक परम्परामा यस चन्दननाथ नगरपालिकामा श्रावण पुर्णिमा देखि जात्रा पैठ लाग्ने गर्दछन र पैठ हेर्न कालिकोट मुगु दैलेख लगायत बिभिन्न ठाउँबाट आउँदछन् । मागी बिवाह भागि बिवाह गर्ने चलन छ । जात्राहरु धामि नाच देउडा गित प्रतियोगिताको पनि चलन छ । जुम्ला जिल्लामा रहेका एक नगरपालिका २६ गा बि स हरु मध्ये साविकको इलाका न १ मा पर्ने चन्दननाथ नगरपालिका पनि एक हो । यस नगरपालिकाको नामाकरण सम्बन्धमा बिभिन्न धारणा रहेको भएता पनि यस नगरपालिकाको नाम चन्दननाथ मन्दीरको नामबाट रहन गएको हो भन्ने भनाइ छ । यो नगरपालिका जुम्ला जिल्लाको सदरमुकाम हरेको छ । यस नगरपालिकाको पूर्वमा गुठीचैर, पश्चिममा तातोपानी, उत्तरमा पातारासी र कनकासुन्दरी गाँउपालिका र दक्षिणमा जाजरकोट जिल्लाको सिमाना सम्म फैलिएको छ ।

 

यो नगरपालिका बिश्वमान चित्रमा २९०१३' उतर देखि २९ ०१६' उतरी अक्षांस ८१० ५३' देखि ८१० ५५' पुर्वी देशान्तरमा फैलिएको छ । कुल जनसंख्या २०८८४ रहेको छ । यस नगरपालिकामा क्षेत्रि, ठकुरी, बाहुन, दलित, नेवार तथा अन्य जातजातिका बासोबास रहेको छ । यहाँ ६७ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् । यो नगरपालिका समुन्द्र सतह देखि सबै भन्दा २३५० मिटर उचाइमा अबस्थित छ ।

 

यस नगरपालिकामा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले काम गरेका भएपनि स्थानिय तहमा जिल्ला समन्वय समिति र नगरपालिकाको सहकार्यमा बिभिन्न संघ सस्थाहरुले कृषि स्वाथ्य शिक्षा र भौतिक पुर्वधारको क्षेत्रमा काम गरिरहेका छन । छुवाछुत, छाउपडि, धामिझाक्रि प्रथा, र अन्ध बिश्वास जस्ता सामाजिक कुरीतिहरु बिध्मान छन । यस नगरपालिकाका ५८.१९ प्रतिशत परिबार गरीबिको रेखा मूनि रहेका छन । ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिर, ठाकुरज्यु जस्ता धार्मिक, प्राकृतिक र साँस्कृतीक क्षेत्रहरु रहेको पाइन्छ ।

चन्दननाथ नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.