चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरिएको थियो । नेपालको संविधान अनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचना पछि नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७३ साल फागुन २२ गतेको स्थानीय तह पुनःसंरचना सम्बन्धी निर्णय २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो ।
नगरपालिकाको सिमानाः
पूर्वतर्फः काठमाडौं महानगरपालिका, काठमाडौं र कीर्तिपुर नगरपालिका, काठमाडौं
पश्चिमतर्फः धुनिवेंशी नगरपालिका, धादिङ्ग
उत्तरतर्फः नागार्जुन नगरपालिका, काठमाडौं
दक्षिणतर्फः थाहा नगरपालिका, मकवानपुर र इन्द्र सरोवर गाउँपालिका, मकवानपुर
नगरपालिकाको भौगोलिक अवस्थाः
प्रदेशः बागमती
जिल्लाः काठमाडौं
निर्वाचन क्षेत्रः क्षेत्र नं. ९ र क्षेत्र नं. १०
उचाईः २५५२ मीटर
क्षेत्रफलः ४३.९ वर्गकिलोमीटर (१६.९ वर्गमाइल)
अवस्थितिः २७० ३८’ १०” उत्तरीदेखि २७० ४३’ ३८” उत्तरी अक्षांश
८५० ०६’ १२” पूर्वीदेखि ८५० १६’ ३०” पूर्वी देशान्तर
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.