चन्द्रकोट गाउँपालिकाको भौगोलीक अवस्थालाई नियाल्दा यो २८°०६'३६.४'' उत्तरी अक्षाश र ८३°२४'५१.३'' पूर्वी देशान्तरमा पर्दछ। गुल्मी जिल्लामा अवस्थित यस गाउँपालिकाको पूर्वमा गुल्मी जिल्लाकै कालीगण्डकी गाउँपालिका, पश्चिममा मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि. रहेको छ । २०७८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या १८६६२ रहेको छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ। चन्द्रकोट गाउँपालिकाको कार्यालय साविक शान्तिपुर गा.वि.स. हाल चन्द्रकोट-४ शान्तिपुर स्थित चन्द्रकोट क्याम्पसको भवनमा अवस्थित रहेको छ ।
प्रशिद्ध चन्द्रकोट मन्दिर , दिव्रुङ्ग मन्दिर, चक्रेश्वर मन्दिर,सिद्दबाबा मन्दिर जस्ता ऐतिहासिक एवम धार्मिक पहिचान बोकेको स्थलहरु तथा टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, रुमाले डाँडा बनभोज स्थल, साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना रहेको छ । यस गाउँपालिकाको नामकरण प्रशिद्ध ऐतिहासिक स्थल चन्द्रकोट मन्दिरको नामबाट गरिएको हो । यस गाउँपालिकामा मुख्यतया ब्राहम्ण, क्षेत्री, मगर, नेवार, गुरुङ, विश्वकर्मा, मुस्लिमहरुको र कुमाल जात जातीहरुको बसोवास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोतहरु कृषि, पशुपालन, बैदेसिक रोजगार र व्यापार रहेको पाईन्छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.