Changunarayan Municipality Home / Directory
Changunarayan Municipality
Kharipati, Changunarayan MUN, Bhaktapur, Bagmati
Government
Address Kharipati, Changunarayan MUN, Bhaktapur, Bagmati
Email 2 ito@changunarayanmun.gov.np

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गतेको स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो । मिति २०७१।८।१६ को मन्त्रीपरिषदको निर्णय अनुसार साविक चाँगुनारायण, झौखेल, छालिड, दुवाकोट गा.वि.स समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट बागेश्वरी, सुडाल र ताथली गा.वि.स समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका मिलाएर नाम संशोधन भै नगरकोट नगरपालिका कायम भयो । चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिका मिलाएर चाँगुनारायण नगरपालिका भए पछि ९ वटा वडा कायम भई नगरपालिकाको केन्द्र खरिपाटी, भक्तपुरमा रहेको छ । समुन्द्री सतहबाट १,३७२ देखी २,१९१ मीटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा मण्डन देउपूर नगरपालिका, काभ्रे पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका,काठमाण्डौँ र मध्यपुर ठिमि नगरपालिका,भक्तपूर,उत्तरमा शंखरापुर नगरपालिका,काठमाडौ र दक्षिणमा सुर्यबिनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेको छ । नगरपालिकाको जम्मा घरधुरी संख्या २३,४९५ छ भने जनसंख्या महिला ३१,५९४ ,पुरुष ३२,६२५ र अन्य ४१ जना गरी जम्मा ६४,२६०  रहेको छ । जम्मा क्षेत्रफल ६२.९८ वर्ग कि मी रहेको यस नगरपालिका लिच्छवीकालीन धार्मिक, साँस्कृतिक ऐतिहासिक एवं पर्यटकिय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण र विश्व सम्पदा सुचीमा सुचीकृत श्री चाँगुनारायण मन्दिर रहेकोले सो मन्दिरको नामबाट नै नगरपालिका नामाकरण भएको हो ।  चाँगुनारायण मन्दिरको निर्माण इ.स ३२३ मा हरिदत्त वर्माले गरेको भन्ने भनाइ छ भने इ स ५२१ को अभिलेख अनुसार राजा मानदेवले गरुड ध्वज चढाएको र गुठीका लागि खेत दान गरेको भन्ने अभिलेख रहेको पाइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र विश्वभरका पर्यटक आर्कषित गर्ने मनोरम प्राकृतिक छटाले सुशजित पर्यटकीय दृष्टकोणले अत्यन्त महत्वपूर्ण नगरकोट यहाँको अकर्षणयुक्त प्रमुख क्षेत्रको रुपमा रहेको छ । उत्तर तर्फ रहेको सालीनदीवाट सुरु भै पश्शिम तर्फको सिमाना हुँदै वग्ने मनोहरा नदी छिमेकी जिल्ला र नगरपालिकाको सिमाना निर्धारण स्तम्भ मानिन्छ । नगरपालिका भित्र सामुदायिक रुपमा संचालनमा रहेको एक मात्र श्रीकृष्ण बहुमुखी क्याम्पस र संस्थागत रुपमा संचालनमा रहेको नेपाल इन्जिनियरीड  कलेज तथा काठमाडौ मेडिकल कलेज समेत गरी ३ वटा कलेजहरु रहेका छन् । नगरपालिका घोषणा भए पश्चात एकातिर गा.वि। स को सोचले नगरबासीको अस्तित्व वोध गर्न र नगरवासी भएको अनुभुती गर्न नपाई पर्याप्त सो्रत साधनको अभावमा समस्या झेलीरहेको अवस्थामा मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प र तत्पश्रात वैशाख १३,वैशाख २९ गते लगाएतका विभिन्न पराकम्पनहरुबाट नगरबासीहरुले ठूलो धनजनको क्षति व्यहोर्नबाट समेत अछुतो रहन सकेनन् । त्यस अवस्थाको क्षति र पिडाको कारणले हालसम्म पनि व्यवस्थित बसोबासको समस्या समाधान उपलब्ध हुन सक्ने राहत रकम, सुविधाहरुको र्सवसुलभ प्राप्तीको लागि नगरपालिकाले समन्वयात्मक भुमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।

चाँगुनारायण नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.