Chapakot Municipality Home / Directory
Chapakot Municipality
Suntalitar, Chapakot MUN, Syangja, Gandaki
Government
Address Suntalitar, Chapakot MUN, Syangja, Gandaki
Email 2 info@chapakotmun.gov.np

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको निती २०७३/११/२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो । संघियता लागु भए संगै साबिकको २०७१/०१/२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा. बि. स. मिलेर बनेको चापाकोट नगरपालिका ( जसमा १४ वटा वडा थिए ) मा पकवादी गा. बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि. स. र सेखाम गा. बि. स. थपेर बनेको हो गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्। भौगोलिक रुपले सुन्दर नगरी चापाकोट नगरपालिका जसको क्षेत्रफल १२०.५९ वर्ग कि. मि. र जनसंख्या २६०४२ रहेको छ । यस चापाकोट नगरपालिकाको पुर्वमा तनहु जिल्ला, पस्चिममा गल्यांग नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका स्याङ्गजा र दक्षिणमा पाल्पा जिल्ला रहेकोछ । समुन्द्र सतहवाट करिव ४६५ मिटर उचाईमा रहेको यस नगरपालिकाको तापक्रम न्युनतम ६ डिग्रि र अधिकतम ३५ डिग्री सेल्सीयस रहेको छ । यस नगरको अवस्थिति ८३ डिग्री ४९ मिनेट पुर्वि देशान्तर देखि ८३ डिग्री ८२ मिनेट पुर्वी देशान्तर र २७ डिग्री ५४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ९० मिनेट उत्तरी अक्षांश फैलिएको छ । बिद्युत, खानेपानी, यातायात, शैक्षिक संघसंस्था र संचारको विकाश सामान्य रुपमा रहेको यस चापाकोट नगरपालिकाको केन्द्र साविक चापाकोट नगरपालिकाको गा.वि.स केन्द्र मा रहेको छ । विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदि यसै नगरपालिकाको दक्षिणी बाटो भएर वग्दछ उत्तर तर्फ ज्याग्दी खोला कलकल बगेको छ जसमा ज्याग्दीको सभ्यता लुकेको छ । सांस्कृतिक र पर्यटन को प्रचुर सम्भावना बोकेको भएतापनि पक्कि मोटरवाटो हुन नसकेको यस नगरपालिकामा अहिले करिव ५ किलोमिटर भन्दा बढि कालोपत्रे सडक वनिसकेको छ । अधिकांश भुभाग तराई जस्तो समथर रहेता पनि यस क्षेत्रमा उचित सिचाई तथा खानेपानिको अभावले कृषिजन्य क्षेत्रको उत्पादनशिलमा प्रभावकारिता ल्याउन सकिएको छैन यद्यपी यो विषयमा उल्लेख्य रुपमा सुधार भएको छ l

चापाकोट नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.