Chaubise Rural Municipality Home / Directory
Chaubise Rural Municipality
Rajarani, Chaubise RM, Dhankuta, Koshi
Government
Address Rajarani, Chaubise RM, Dhankuta, Koshi
Fax 026-411032
Phone 2 026-411033, 411034

परिचय 

यो चौविसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । यस गाउँपालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक राजारानी गा.वि.स.को केन्द्र राजारानी बजार (पाटी बजार) लाई कायम गरिएको छ । यस गाउँपालिका अन्तर्गत समेटिएका ७ गा.वि.स.हरु छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार हुन् । साविक कुरुले तेनुपा गा.वि.स.लाई २ वटा वडा र अरु सबै गा.वि.स.लाई १/१ वडा कायम गरी यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ ।

 

यस गाउँपालिका २६°५०'५८" देखि २६°५९'१५" उत्तरी अक्षांश र ८७°२४'१४" देखि ८७°३४'३९" पूर्वी देशान्तरमा अवस्थित मध्य पहाडी प्रदेशमा पर्दछ । याे गाउँपालिकाको भूभागको उचाइ समुद्री सतहदेखि २५० मिटर देखि २३५० सम्म रहेकाे छ । यसको क्षेत्रफल १४७.६ वर्ग कि.मि. रहेको छ भने जनसंख्या १७,६७७ रहेको छ ।

 

यस गाउँपालिकाको थप विवरण निम्न तालिका अनुसार रहेको छ

क्र.सं. नयाँ वडा समावेश गाविस जनसंख्या क्षेत्रफल ‌‌‍(वर्ग कि.मि.)
१ १ छ नं. बुधबारे (१-९) १७४१ १६.४
२ २ मुढेवास (१-९) २७१६ १७.७९
३ ३ कुरुलेतेनुपा (२,५,६,७,९) १५५४ २१.००
४ ४ कुरुलेतेनुपा (१,३,४,८) ११२९ १७.३७
५ ५ बाेधे (१-९) २५८८ २८.७०
६ ६ राजारानी (१-९) २७१२ १३.१०
७ ७ माैनाबुधुक (१-९) २४७४ १५.२१
८ ८ वसन्तटार (१-९) २७६३ १८.०३
  जम्मा   १७६७७ १४७.६०

श्रोत : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

 

हावापानी

यो गाउँपालिका मध्य पहाडी प्रदेशमा अवस्थि छ । यहाँ केही भिरालो भू-स्वरुप भएसँगै हावापानी पनि विषम प्रकृतिको छ । मुलत: न्यानाे समशितोष्ण र चिसाे समशिताेष्ण प्रकृतिको हावापानी पाइन्छ । तल्लो तथा होचो भू-भागमा निकै न्यानो वातावरण छ भने उच्च ठाउँहरूमा निकै चिसाे प्रकृतिको हावापानी महसुस गर्न सकिन्छ ।

 

सामाजिक वातावरण

याे गाउँपालिका वहुजाती वसोवास भएको गाउँपालिका हो । त्यसैले विविध किसिमका संस्कृति परम्परा पाउनु स्वभाविकै हो । यस गाउँपालिकामा सबैभन्दा बढी लिम्बू जातिको वसाेवास पाइन्छ । त्यसैगरी अन्य जातिहरुमा मगर, राई, नेवार, व्राह्मण, क्षेत्री, याखा, दलित (कामी, दमाइ, सार्की, सुनार) माझी, तामाङ, गुरुङ, भूजेल जातिहरुकाे वसाेवास पाइन्छ । यहाँका अधिकांश मानिसहरू कृषि पेशामा संलग्न रहेकाे पाइन्छ । कृषिका अतिरिक्त केही मानिसहररू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापर व्यावसायमा संलग्न भएका छन् । त्यसै गरी ज्यालामज्दुरी गरेर गुजारा गर्ने परिवार पनि छ । यो गाउँपालिकाका धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ ।

 

जातियतामा विविधता सँगै धर्ममा पनि विविधता रहेको पाइन्छ । यस क्षेत्रका धेरै मानिसहरूले हिन्दू धर्म मान्ने गरेको तथ्याङ्क छ । त्यस पछि किराँत धर्मावलम्वीको संख्या आउँछ । वौद्ध र क्रिश्चियन चौथो र पाँचौँमा देखिन्छ भने अन्य धर्म मान्ने धर्मावलम्बीहरू पनि रहेका छन् । सबै जातिको आ-आफ्नो संस्कृति भए पनि यस क्षेत्रमा लिम्बू जातिको पालाम र धान नाच, मगर जातिको हुर्रा अनि राई जातिको ढाेल नाच उल्लेख्य रहेको पाइन्छ । धर्म विविध भए पनि दशैं, तिहार जस्ता पर्वहरू भने यस क्षेत्रका वासिन्दाहरूले मन्ने/मनाउने गर्दछन् । 

 

प्रमुख उत्पादनहरु

यस गाउँपालिकाका ८५% भन्दा बढी मानिस कृषि पेशामा संलग्न भएको पाइन्छ । यस क्षेत्रको कृषकहरु मूलत: मकै, धान, काेदो जस्ता अन्नबाली, तेलहन, दलहन, जस्ता खेती लगाउँछन् । पछिल्लो समयमा आएर कृषकहरु नगदेवाली तर्फ उन्मूख भएको भने पाइन्छ । खास गरी फलफूल तथा तरकारी खेतीमा कृषकहरु बढी आकर्षित भएकाे देखिन्छ । सुन्तला, कागती, अम्बा, नास्पाती, केरा, जुनार आदि यस क्षेत्रमा उत्पादन हुने प्रमुख फलफूल हुन् । गाउँपालिकाको वडा नं. ६ र ५ लाई सुन्तलाको पकेट क्षेत्रको रुपमा लिइन्छ ।

 

यातायात पहुँच तथा बजार केन्द्र

चौविसे गाउँपालिका धनकुटा जिल्लाकै सुदूर दक्षिण पूर्वमा अवस्थित छ । यस गाउँपालिकाको सबै वडामा सडक संजालको पहुँच पुगेको छ ।  कोशी राजमार्ग अन्तरगत भेडेटारबाट पूर्व करिव १९ कि.मि.को दुरीमा अवस्थित राजारानीबाट याे गाउँपालिका प्रारम्भ भई १ नं. वडा- छ न‌ं. बुधकारे पुग्दा साे सडकखण्डको लम्वाई ४६ कि‍.मि. हुन्छ । धरानदेखि भेडेटार-डाँडाबजार-राजारानी हुँदै मौनाबुधुक, बाेधे, आइतबारे, मुढेवास, छ नं. बुधबारे, शुक्रबारे, कुरुले नियमित यात्रुवाहक वस संचालन हुने गर्दछ । यस गाउँपालिकाका मुख्य बजारकेन्द्रहरु वडा नं. ६ स्थित राजारानी (पाटी) बजार, वडा नं. ७ स्थित मौनाबुधुक (चाँदनी चौक), वडा नं. १ स्थित छ नं.बुधबारे, वडा नं. २ स्थित शुक्रबारे, वडा नं. ३/४ स्थित गडीगाउँ, वडा न‌ं. ५ स्थित देउराली हुन् । यी वजारकेन्द्रहरूबाट यस गाउँपालिकाका कृषकहरूले उत्पादन गरेका वस्तुहरु धरान निकासी गर्ने गरिन्छ ।

 

प्रमुख पर्यटकीय स्थानहरु

चौविसे गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना बाेकेको गाउँपालिका हो । एउटा सम्भावना स्थानीय पर्यटनको छ भने अर्को Long Trip को लागि पनि उत्तिकै उपयुक्त छ । यस गाउँपालिका अन्तरगत ६ नं. वडा राजारानी स्थित रानीताल (मावारक), नागवेली पार्क तथा पुण्य मा.वि.परिसर, ७ नं. वडा मौनाबुधुक स्थित सिद्धदेवी, ५ नं. वडा स्थित बाेधे गढी, हम्वे दरवार, हांसेमालुङ, थाक्केलुङ, त्रिवेणी, १ नं. वडा बुधबारे स्थित मिक्लाजुङ पर्वत, चमेरे ओडार २ नं. वडा मुढेवास स्थित सिंहदेविस्थान प्रमुख पर्यटकीय स्थलको रुपमा लिइन्छ । Long Trip को लागि भेडेटार हुँदै नाम्जेको आत्माघर ओख्रेको टावर डाँडाबजारको ध्वजे डाँडा र एशियाकै ठूलो वरको रूख भ्रमण गरेर चौविसे गाउँपालिका प्रवेश गर्न सकिन्छ । चौविसे गाउँपालिकाको प्रवेश सँगै राजारानीको नागवेली पार्क र रानीतालको भ्रमण गर्न सकिन्छ । त्यसपछि मौनाबुधुकको सिद्धदेवी मुढेवासको सिंहदेवीस्थान हुँदै छ नं. बुधबारेको मुक्लाजुङको रमाइलो भ्रमण गर्न सकिन्छ र यहाँका र यहाँबाट देख्न सकिने ठाउँहरुको रमाइला-रमाइला दृश्यावलोकन गर्न सकिन्छ । छ नं. बुधबारेबाट पाँचथर हुँदै पहाडी यात्रा तय गर्न सकिन्छ भने माेरङ्ग हुँदै तराइको । यसरी हल्का सवारी साधनबाट २ देखि ३ दिनम्मको भ्रमण गरी भरपुर आनन्द लिन सकिन्छ ।

 

प्रमुख सरकारी कार्यालयहरु तथा सुविधाहरु

यो गाउँपालिकाको ६ नं. वडामा साविक राजारानी गाउँ विकास समिति अन्तरगत राजारानी (पाटी) बजारमा मिति २०७३/०२/१२ देखि इलाका प्रशासन कार्यालय संचालनमा रहेको छ । यस इलाका प्रशासन कार्यालयले धनकुटा जिल्लाका साविक १० वटा गा.वि.स. (हाल चौविसे गाउँपालिका र साँगुरीगडी गाउँपालिकाका केही क्षेत्र) लाई समेट्ने गरी स्थापना भएको हो । साेही स्थानमा एक इलाका प्रहरी कार्यालय पनि रहेको छ । यस गाउँपालिकाको ६ नं. वडाको राजारानी र १ नं. वडा छ नं. बुधबारेमा कावेली विकास बैंकको शाखा र ७ नं. वडा माैनाबुधुकमा लक्ष्मी बैंकको शाखा रहेको छ । ७ नं. वडा मौनाबुधुकमा स्नातक तह शिक्षा संकायको एक क्याम्पस वि.सं. २०६९ देखि संचालनमा रहेको छ । त्यसै गरी ६ नं. वडा राजारानीमा रहेको पुण्य माध्यमिक विद्यालयमा +२ अन्तरगत होटेल व्यवस्थापन तथा विज्ञान विषयको अध्ययन-अध्यापन हुन्छ । त्यसै गरी ७ नं. वडा अन्तरगत बुधुक मा.वि. ८ नं. वडा अन्तरगत सिंहदेवी मा.वि.१ नं. वडा अन्तरगत शारता मा.वि. २ नं. वडा अन्तरगत संयुक्त मा.वि. तथा ३ नं. वडा अन्तरगत कुरुलेतेनुपा मा.वि. गरी अन्य ५ वटा +२ संचालनमा रहेको छ ।

चौबिसे गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.