Chharka Tangsong Rural Municipality Home / Directory
Chharka Tangsong Rural Municipality
Kagkot, Dolpa
Government
Office Info
Address Kagkot, Dolpa
Email 2 ito.chharkatangsong.gov.np@gmail.com

डोल्पा जिल्ला कर्णाली प्रदेशको १० जिल्लामध्ये तुलनात्मक रुपमा दुर्गम हिमाली जिल्लाको रुपमा रहेको छ । यो जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि अधिकतम ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको मध्य पश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरासुन्दरीको मन्दिर, छल मष्टा, गल्ली देउता, शे–गुम्बा, शे–फोक्सुण्डो ताल, शुलीगाडको झरना, तातोपानी मुहान, यार्सागुम्वा आदि हुन् । प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि ठुला–ठुला उद्योगधन्दा, कलकारखाना स्थापना भइनसकेको र पर्यटन क्षेत्रको विस्तार पनि हुन नसकेको हुँदा अन्य छिमेकी जिल्लाहरुको जस्तै यस जिल्लाको पनि जिविकोपार्जन मुख्य आर्थिक आधार कृषि र पशुपालन नै रहन गएको छ । 

 

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको कर्णाली प्रदेशमा अवस्थित हिमाली जिल्ला डोल्पा एक हो । भौगोलिक विविधता हिमाल, पहाड, पाखा, पखेरा,  खोल्सा, खोल्सी, खोंच र बेंसि तथा अन्य प्रकृति सम्पदाहरुले भरिएको यस जिल्लाको साविकका गा.वि.स.हरु मध्ये  छार्का र मुकोट गाविसलार्ई समायोजन गरी छार्का ताङसोङ्ग गाउँपालिका गठन गरिएको हो ।

 

२०७३ सालमा गठित स्थानीय निकाय पूनंःसंरचना आयोगले गरेको सिफारिस बमोजिम डोल्पा   जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजित भएको छ । ६ वटा गाउँपालिका मध्ये छार्का ताङसोङ गाउँपालिका पर्यटकिय सम्भावना भएको, यातायातका दृष्टिले दुर्गम, जातजातिको हिसावले केहि बढि गुरुङ जातीको बाहुल्यता तथा अन्य सबै भोटे जातीको बसोबास रहेको देखिन्छ । 


कुल क्षेत्रफल ३४५.५८ वर्ग कि.मि. रहेको यस छार्का ताङसोङ गाउँपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकिय गन्तब्य भएको पालिका हो । पर्यटकिय गन्तब्यहरुको विविधकरण गर्दै नयाँ पर्यटकिय स्थल र उपजहरुको पहिचान विकास तथा पर्यटकिय पुर्वाधारहरुको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रुपमा विकास गर्नपर्ने देखिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.