Chhatradev Rural Municipality Home / Directory
Chhatradev Rural Municipality
Chatradev-5
Government
Office Info
Address Chatradev-5
Email 2 info@chhatradevmun.gov.np

छत्रदेव गाउँपालिका विश्वमान चित्रमा २८.०० देखि २८.०१ डिग्री उत्तरी अंक्षाश र ८३.१३ देखि ८३.८४ डिग्री पूर्वी देशान्तरमा नेपाल राज्यको अर्घाखाँची जिल्लामा अवस्थीत पहाडी भू-भागमा रहेको छ । समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ। यहाँको हावापानी समशितोष्ण प्रकारको छ । ८७.६२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसंख्या वि.सं. २०७८ सालको जनगणना अनुसार २१६११ रहेको छ । साविकका बल्कोट, केरुङ्गा,छत्रगञ्ज, ठूलापोखरा, भगवती गा.वि.स. को सबै भाग र चिदिका गा.वि.स.को १ नं. देखि ८ नं. वडा , अर्घातोष गा.वि.स. को २ नं. देखि ५ नं. वडा सम्म र मरेङ्ग गा.वि.स. को ७ नं. देखि ९ नं. वडा सम्मका गा.वि.स. भू-भागलाई मिलाई सिंगो छत्रदेव गाउँपालिका बन्नुका साथै साविकको छत्रगञ्ज हाल छत्रदेव-५ यसको प्रशासनिक केन्द्र भएको छ ।

 

यस गाउँपालिकाको नामाकरणसँग धार्मिक इतिहास मुखरीत भएको पाइन्छ । करिब ५००० वर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्रमहाराजाको शीर भगवान श्री कृष्णबाट क्षेदन भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरे बमोजिम भगवान श्री कृष्णले उलुक छत्र महाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुति छ । उक्त मन्दिरमा परम्परा देखि हालसम्म दशैमा ठूलो मेला लाग्ने गरेको छ । छत्रमहाराजको मन्दिर र छत्रमहाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको हो ।

 

 

 

सुख्खा क्षेत्र कै रुपमा चिनिने यस क्षेत्रमा बार्षिक २२०० मिलिमिटर भन्दा कम वर्षा हुन्छ । खानेपानी र सिचाइको ठूलो समस्या रहेको यस क्षेत्रमा आर्थिक संमृद्दिको लागि खानेपानी र सिचाइमा बढी लाग्नुपर्ने अवस्था छ । पहाडी जिल्ला भएतापनि यातायातको सुविधा यूक्त क्षेत्र भन्दा अतिसयुक्त हुदैन ।शैक्षिक हिसाबले व्यवस्थीत गर्नुपर्ने शैक्षिक संस्थाको अवस्था छ भने स्वास्थ्यको अवस्था पनि प्ररिष्कृत गर्दै लगिएको अवस्था छ । युवा उद्यमशिलता वृद्दि गर्ने पशु / कृषिमा आकर्षण वृद्दि गर्ने लक्ष्यका साथ गाउँपालिका अगाडी बढ्दैछ । यस गाउँपालिका भित्र देखिएको विविध समस्यालाई न्यूनिकरण गर्दै यस भूगोलका जनताको सुख दु:ख ,पिरमर्का संग उदारभावले अगाडी बढी खुल्ला सरकारको अनुभुती दिलाउने अभिप्राय स्थानीय सरकारले राखेको छ ।

 

 

हाम्रा ८ वटै वडामा अवस्थीत धार्मिक स्थल, सार्वजनिक  विद्यालय, स्वास्थ्य संस्था, पूर्वाधार विकास, क्षमता अविवृद्दि, जनस्तर बाटै अपनत्व युक्त कार्य योजना सहितको लक्ष्य सहित नीति, बजेट तथा कार्यक्रम लाई अगाडी बढाएका छौ । राष्ट्र निर्माणको मेरुदण्ड स्थानीय सरकार बन्नसक्नुपर्छ, भन्ने मान्यता राखि दिर्घकालीन सोचका साथ दिगो विकासका योजना तर्जुमा गरी अगाडी बढ्ने सोच राखेको छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.