यस गाउंपालिका वडा नं ४ तुलसीवरवामा बर्षौ देखि मान्दै आएको छिपहरमाई देवीको नाममा यो गाउंपालिकाको नामाकरण गरीएको हो l पुर्वमा पकाहामैनपुर गाउंपालिका र कालिकामाई गाउंपालिका, पश्चिममा छिमेकी देश भारत, उतरमा धोबिनी गाउंपालिका र दक्षिणमा छिमेकि देश भारत रहेको छ l छिपहरमाई गाउंपालिका पर्सा जिल्लाको नयां गाउंपालिकाको रुपमा २०७३/११/०९ गतेको दिन निर्णय भइ २०७३/११/२७ मा राजपत्रमा प्रकाशित भइ विधिवत रुपमा स्थापना भएको गाउंपालिका हो l महा नगरपालिका विरगंज देखि २९ कि.मि दुरीमा रहेको छ l यस गाउंपालिकाको कार्यालय साबिक भिस्वा गा.वि.स हाल वडा ५ भिस्वामा रहेको छ l यहाका स्थानीयहरुको आम्दानीको मुख्य स्रोत भनेको खेतीपाती तथा ज्यालादारी रहेको छ l
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.