इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ। जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ। छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ। पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ। यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ।
दक्षिणको मैदानी भागमा उस्ण हावापानी र कृषियोग्य भूमि भएकोलेपहाडी क्षेत्रबाट बसाइ सराइ गरी एक मानिसहरुको बाहुल्यता रहेको क्षेत्र हो साबिकको चुलाचुली । ठुलो क्षेत्र वनजंगलले ढाकिएको भएकाले जिल्लाको काष्ठ उद्योगहरुको राम्रो सम्भावना यस क्षेत्रमा रहेको छ। जिल्लाको कुल जनसंख्याको करिब ७.२ प्रतिशत जनसंख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १९२ प्रति वर्गकिलोमिटर रहेको छ। सामाजिक वनावट को आधारमा करिव ५५ प्रकारका जातजातिहरु मद्धे ३० प्रतिशत राई र २५ प्रतिशत ब्राम्हणछेत्री तथा बाँकि अन्य जातजाति वसोवास गर्दछन । तराई क्षेत्रसंग जोडिने भएकोले तराई मूलका मानिसहरुको पनि यस क्षेत्रमा उल्लेखनिय वसोवास पाइन्छ।
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.