Chumnubri Rural Municipality Home / Directory
Chumnubri Rural Municipality
Sirdhibas, Chumnubri RM, Gorkha, Gandaki
Government
Address Sirdhibas, Chumnubri RM, Gorkha, Gandaki
Social Media

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू (समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास) मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ ।कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल (उचाइ ८१६३ मिटर) यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली (७८९३ मिटर) र सृङ्गी (७१८७ मिटर) जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला यसै गापामा पर्दछन् । यस गाउँपालिकाको समग्र भाग मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । यो गाउँपालिका लार्के (५२०५ मिटर) र ग्या (५३७५ मिटर) जस्ता उच्च पास (ला) हरुका साथै काल ताल र वीरेन्द्र तालहरु जस्ता विभिन्न ताल तलैयाहरु रहेका छन् । विशिष्ट साँस्कृतिक, ऐतिहासिक गुम्बाहरु र असंख्य जडिबुटी, जैविक विविधताले यो गाउँपालिका भरिपूर्ण रहेको छ । बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ, मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भूपरिवेशले गर्दा यस गाउँपालिकाले पर्यटक आकर्षणको ठूलो सम्भावना बोकेको छ । यस गाउँपालिकाबाट २०७६ सालमा संकलित तथ्याङ्क अनुसार यहाँ जम्मा २००४ घरपरिवार रहेका छन् । २०६८ को जनगणना अनुसार यो संख्या १९४९ थियो । चुमनुव्री गाउँपालिकाको कुल जनसंख्या ९२८९ रहेको छ । वडागत रुपमा हेर्दा वडा नं ३ मा सबैभन्दा बढी २९७७ र वडा नं ५ मा  सबैभन्दा कम ७२० जनाको बसोबास रहेको छ । कुल जनसंख्यामध्ये ४६६९ जना (५०.२७%) पुरुष र ४६२० जना (४९.७३%) महिला रहेका छन् । हालको जनसंख्या अनुसार लैङ्गिक अनुपात (पुरुष÷महिला अनुपात) १००.१ रहेको देखिन्छ । कुल जनसंख्याको ५९ प्रतिशत जनता आर्थिक रुपले सक्रिय (१५ देखि ५९ वर्ष) उमेर समूहभित्र पर्दछन् । एक वर्षमुनिका बालबालिका २ प्रतिशत, १ देखि ५ वर्षभित्रका ८ प्रतिशत, ५ देखि १५ वर्षसम्मका २२ प्रतिशत रहेका छन् । आर्थिक रुपले सक्रिय जनसंख्यामध्ये १६ देखि ३० उमेर समूह सबैभन्दा (२९.८ प्रतिशत) बढी रहेको छ ।

चुमनुव्री गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.