दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका ढाकाडाम, भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न. ४, पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका, उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको वागचौर नगर पालिका पर्दछ ।दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखी २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखिी १०९७ देखि २४८७ मिटर सम्मको उचाइमा अवस्थित छ ।
सल्यान जिल्लाको दार्मा गाउँपालिका, पूर्वाधार, मानव संशाधन विकास जस्ता हिसावले पछाडी परेको गाउँपालिका भएता पनी यहाँको प्राकृतिक श्रोत साधनको हिसावले अत्यन्तै विकासको सम्भावना वोकेको गाउँपालिका हुनुको साथै उत्प्रेरित समुदायकोे हिसावले गर्दा दरिलो र दिगो विकासको श्रोत मान्न सकिन्छ । २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १९९६६रहेको छ । जस मध्यमा महिलाको संख्या १०२२०(५१.१८प्रतिशत)पुरुषको संख्या ९७४६(४८.८१ प्रतिशत) रहेको छ भने ३४६० घरधुरी रहेका छन । यस गाउँपालिकामा वहुभाषा वहुजातीको वसोवास रहेकोहुदा जातीगत र धार्मिक विविधता रहेको पाईन्छ । २०६८ को जन गणनालाई आधार मान्दा यस गाउँपालिकामा पहिलोमा क्षेत्रि, दोस्रोमा व्राहमण र तेस्रोमा दलित तथा जनजातीको वसोवास रहेको पाईन्छ । औषत आम्दानीको हिसावले सवै भन्दा वढी कृषि व्यवसायले ओगटेको छ । अन्य स्थानीय वासीहरुको आम्दानीको श्रोतहरुमा व्यापार, नोकरी, उद्योगको साथै वैदेशिक रोजगारी रहेको छ । यस गाउँपालिकामा आधारभूत तह देखि उच्च शिक्षा सम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था रहेका छन ।यस गाउँपालिकामा सामुदायिक र संस्थागत दुवै तर्फ गरी संस्थागत २ वटा ३१ वटा आधारधूत ५ वटा माध्यामिक, १ क्याम्पसर र १ सामुदायिक अध्ययन केन्द्र शिक्षण संस्थाहरु रहेका छन । विगत लामो समय सम्म स्थानिय चुनाव नहुदा जनप्रतिनिधहरुको अभावले गर्दा गाउँपालिकामा अपेक्षित विकासहुन नसकिरहेको अवस्थामा विगत डेढ वर्ष पहिले सम्पन्न स्थानीय चुनाव पश्चात जनसमुदायका जिज्ञासा र आवस्यकतालाई क्रमिक रुपले सम्वोधन हुदै गएको हुदा ती आशाहरु पुरा भई अपेक्षित उपलव्धी हुने देखिन्छ । संस्कृतिक विविधता रहेको यस गाउँपालिकामा विभिन्न किसिमका चाडपर्वहरु जस्तै दशैं, तिहार, माघी, कृष्णाजन्माष्टमी, होली, महाशिवरात्रि, चैते दशैं जस्ता चाडपर्वहरु मनाउने गरिन्छ । धार्मिक हिसावले यस गाउँपालिकामा हिन्दु र क्रिष्चियन धर्मावलम्वि रहेका छन ।
Showing the latest 12 of 13 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.