Dasharathchand Municipality Home / Directory
Dasharathchand Municipality
Khalanga Gadhi, Baitadi
Government
Office Info
Address Khalanga Gadhi, Baitadi
Fax 095-520241
Email 2 dnpbaitadi@gmail.com
Toll Free Number 18105000102

सुदूरपश्चिम प्नदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका लाइ ११ वटा वडामा बिभाजन गरिएको छ । अमर शहिद दशरथचन्दको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक रुपले रमणीय रहेको छ । माता त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लाशैनी लगायतका मन्दिरहरु धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित रहेका छन् । भारत संग सीमाना जोडिएको यो नगरपालिकाका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । कुल जनसंख्या ३१५६७ रहेको यो नगरपालिकामा ७१९८ घरधुरी रहका छन् । सुदूरपश्चिचम प्रदेशमा अबस्थित यस दशरथचन्द नगरपालिका ग्वाल्लेक धुरो बायुको बेगलाइ रोक्ने बेगतोड़ भनिन्याे त्यसैको अपभ्रम्स बैतडी जिल्लामा पर्छ । महत्वपूर्ण धार्मिक तथा राजनीतिक इतिहास बोकेको यो जिल्ला कहिले डोटी राज्य र कहिले कुमाउ राज्यमा युद्ध हुदा बैतडी जिल्ला कहिले कुमाउ राज्यमा र कहिले डोटी राज्यमा रहेको र चन्दहरुले राज्य गरेको भनाइ छ । नेपालकै प्रमुख धार्मिक स्थल त्रिपुरासुन्दरी भगवती मन्दिर, जगन्नाथ मन्दिर, निंगलाशैनि मन्दिर, ग्वालेक केदार, असिम केदार, नागार्जुन मन्दिर, इश्वरीगंगा धाम, महाभारत कालका पंचदेव मन्दिर जस्ता महत्वपूर्ण धार्मिक स्थल रहेको नगर हो राजनीतिक इतिहास १०४ बर्षे कठोर राणा शासन बिरुद्ध संघर्ष गर्ने जेष्ठ चार शहिद मध्ये अमर शहिद दशरथचन्दको जन्म यसै नगरमा पर्छ । यो नगरपालिका २०५४ सालमा ६ वटा गा.बि.स. दशरथचन्द, खलंगा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट गा.बि.स. मिलाएर अमर शहिद दशरथचन्दको नामबाट स्थापना गरिएको हो ।

 

नेपाल सरकारले स्थानीय निकाय पुनसंरचना गरेर गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, गवालेक, नागार्जुन गा.बि.स. र दुर्गास्थानको केहि वडाहरु मिलाएर मिति २०७३ फाल्गुन २७ गते स्थानीय तहमा परिणत गरि ११ वडामा बिभाजन गरि दशरथचन्द नगरपालिका घोषणा गरेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.