Department of Ayurveda & Alternative Medicine Home / Directory
Department of Ayurveda & Alternative Medicine
Teku, Kathmandu MC, Kathmandu, Bagmati
Government
Address Teku, Kathmandu MC, Kathmandu, Bagmati
Website doaa.gov.np
Phone 2 01-5369911

आयुर्वेद चिकित्सा वैदिक कालदेखि शास्वतरूपमा चल्दै आएको चिकित्सा पद्दति हो । वि.सं. १९७३ देखि गोश्वारा गौडामा आयुर्वेद औषधालय स्थापना गरी आयुर्वेदबाट स्वास्थ्य सेवा लिन सुरू गरिएको हो । नेपालमा सम्बत् १९७४ देखि आयुर्वेद चिकित्सालयको संस्थागत विकास भएको पाईन्छ । वि.सं. १९७४ बैशाख अक्षयतृतीया देखि चार शैयायुक्त नरदेवी आयुर्वेद चिकित्साय नरदेवीमा स्थापना भएको । औषधि उत्पादन केन्द्रको रूपमा सिंहदरवार वैद्यखाना लिच्छविकाल देखि स्थापना भएको मानिन्छ । यसै गरि आयुर्वेद विभाग वि.सं. २०१० सालमा स्थापना भई पछि स्वास्थ्य सेवा विभागमा विलय भई लामो समय पश्चात् वि.सं. २०३८ असार ३१ मा आयुर्वेद विभागको रूपमा स्थापना भयो । हाल संघीय संरचना अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रूपमा टेकु काठमाडौमा रहको छ ।

 

विभागको काम, कर्तव्य र अधिकारः

  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सो अन्तर्गत सञ्चालित कार्यक्रमहरू तर्जुमा तथा समन्वय गर्ने ।
  • आयुर्वेद तथा होमियोप्याथी, युनानी, प्राकृतिक चिकित्सा, आम्ची लगायत वैकल्पिक चिकित्सा सम्बन्धि नीति, गुणस्तर र

मापदण्ड सम्बन्धी आवश्यक कार्यहरू गर्ने ।

  • जडिबुटी संरक्षण, संवर्धन, प्रवर्धन र गुणस्तरीय आयुर्वेद औषधि उत्पादन, अनुसन्धान र नियमनका लागि सरोकारवाला

निकायसंग समन्वयात्मक कार्य गर्ने ।

  • सरकारी तथा निजी संस्थाहरूबाट संचालित आयुर्वेद तथा वैकल्पिक स्थास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको प्रभावकारिताको

अनुगमन, निरीक्षण, स्वीकृति तथा आवश्यक मार्गदर्शन दिने ।

  • आयुर्वेद स्वास्थ्य सेवा व्यवस्थापन र प्रवर्धन सम्बन्धी कार्यहरू गर्ने ।
  • अन्य दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्ने ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.