Pokhara Home / Directory
Department of Cooperative, Pokhara
Government
Office Info
Address Not available
Website www.deoc.gov.np

विक्रम संवत् २०१० मा सृजना गरिएको सहकारी विभागले विकासको प्रक्रिया प्रारम्भ गर्ने काम दिइएका नेपाल सरकारका सुरुका थोरै निकायहरूको प्रतिनिधित्व गर्दछ । ऐतिहासिक जनआन्दोलनपछि नेपाल २००७ सालमा प्रजातन्त्रिक मुलुक भयो । जहानियाँ तन्त्रको लामो दौरानबाट मुक्त जनतामा विकासको आकाङ्क्षा थियो र नेताहरूलाई आफ्नो प्रतिज्ञाअनुसार गरेर देखाउनु थियो । प्रजातन्त्रले विकासको अगुवाइ गरिरहेका बखत जनसाधारणमाझ सहकारी आन्दोलन दुवैको आधार बन्न सक्तथ्यो । त्यसरी विभागलाई सहकारी प्रस्तावनालाई प्रश्रय दिएर गरिबको स्रोत गरिबीको समस्या समाधानार्थ लगाउनु थियो ।

 

आज विभागले आफ्नो साठी वर्ष बढीको कामलाई अधिक सन्तोषका साथ हेर्न सक्तछ कि देशमा पूर्ण आकारमा फैलिएको सहकारी आन्दोलन छ । पुगनपुग ६३ लाख साना कृषक, कालिगड, श्रमिक, उपभोक्ता र गरिबी कोष्ठका अरूहरूको संलग्नतामा सबै प्रान्त, जिल्ला र नगरपालिका वा गाउँपालिकामा सञ्चालित ३४ हजार बढी सहकारी सङ्घसंस्थाहरू सहित आन्दोलन क्रमशः शोषणविहीन आर्थिक सम्बन्धहरू प्रवर्धन गर्ने शक्तिको रूपमा विकसित भइरहेको छ ।

 

विभाग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यान्वयन गर्ने सङ्काय हो । 'सहकारीपनका लागि नियमन' को ध्येय पछ्याउँदै विभागले सहकारी सिद्धान्तअनुरूप सहकारी सङ्घसंस्थाका स्व-नियमनकारी प्रक्रियाहरूलाई परिपूर्ण तुल्याउँदछ । सहकारी विकास सरकारका तीन तह — सङ्घीय, प्रान्तीय र स्थानीय — बीचको साझा कार्य भएकाले सङ्घीय निकायको रूपमा विभागले प्रान्तीय र स्थानीय सरकारका सहकारी निकायहरूलाई आवश्यक नियामक, प्रवर्धनात्मक र प्रशिक्षण वा शैक्षिक सेवाहरू प्रदान गर्ने अर्थमा अग्रणी भूमिका खेल्नुपर्ने हुन्छ ।

Parent Company

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.