Devdaha Municipality Home / Directory
Devdaha Municipality
Kerwani-04
Government
Address Kerwani-04
Email 2 devdahamun@gmail.com

देवदह नगरपालिका लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ। प्राचिन कोलिय गढराज्यको रुपमा रहेको देवदह हाल देवदह नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका स्थापना भएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्र अनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।

 

यस नगरपालिकामा २०७८ को जनगणना अनुसार १७,३०० घर धुरीमा ७२,४५७ जनसंख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा नवलपरासी जिल्ला पश्चिममा बुटवल उप-महानगरपालिका र तिलोत्तमा नगरपालिका उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ‌ओमसतिया गाउपालिका बिचमा पर्यटकीय नगरी को रुपमा रहेको छ । १३५.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिकामा १२ वडाहरु रहेका छन् ।

 

देवदह नगरपालिका भित्र पाकरी वृक्ष, कन्यामाई, बैरिमाई, देव दह, यशोधरा पार्क, भवानीपुर, गौतम बुद्ध राष्ट्रिय उद्यान, स्मृती पार्क, खयरडँडा, माथागढी किल्ला लगाएतका एतिहासिक तथा पुरातात्वीक स्थलहरुका साथै विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरु रहेका छन । यस देवदह नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध देवदहको आधार भन्ने मुल नारा सहित आफ्ना गतिविधिहरु अगाडि बढाईरहेको छ । कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहनु , गौतम बुद्धको मावली स्थलको रुपमा रहनु, प्राकृतिक श्रोत साधनको उपलव्धता, विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार, मानव समसाधनको उपलव्धता र शहर उन्मुख नगरको रुपमा देवदह नगरपालिका रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.