Devtal Rural Municipality Home / Directory
Devtal Rural Municipality
Pipradhi Goth, Bara
Government
Office Info
Address Pipradhi Goth, Bara
Email 2 devtalgaupalika2073@gmail.com
Email 3 ito.devtalmun@gmail.com

नेपालको बारा जिल्लामा अवस्थित देवताल गाउँपालिका प्रदेश नं. २ अन्तर्गतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो। साविक बडकीफुलवरिया(२-६) , पिप्राढिगोठ, दक्षिण झिटकैया, पिपरपाती जब्दी र रौवाही गाविस मिलेर बनेको यो गाउँपालिका २३.३१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यो गाउँपालिका बारा जिल्लाको जिल्ला सदरमुकाम कलैया देखी करिब १० कि.मी. को दुरीमा अवस्थित छ। यस गाउँपालिकाको पूर्वमा सुवर्ण गाउँपालिका, पश्चिममा कलैया उपमाहानगरपालिका, दक्षिणमा भारत र उत्तरमा माहागढीमाई नगरपालिका संग सिमाना जोडिएको छ । यस गाउँपालिकामा बसोबास योग्य क्षेत्र सहितको उर्वर खेती योग्य जमिन रहेको छ । पसाह खोला, गण्डक नहर र आकाशे पानीले यहाँको सम्पूर्ण क्षेत्र मौसमी रुपमा सिचित हुन्छ। विशेष गरी धान, मकै, गेहुँ, दलहन, उख्खु जस्ता यहाका मुख्य बालीहरु हुन । प्राय यहाँका जनताहरु कृषिमा आश्रित छन । मिश्रीत बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलीचालीको भाषा भोजपुरी रहेको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने चाडपर्वहरुमा कृष्णाष्टमी, तीज, जनैपुर्णिमा, दशै, तिहार, छट पुजा, माघे सक्रान्ती, फागुपूर्णिमा(होली) आदि रहेका छन ।  

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.