मोरङको दक्षिण भागमा पर्ने धनपालथान गाउँपालिका नक्सामा हेर्दा त्रिकोनातमक आकारमा रहेको छ ।यो गाउँपालिका साविकका नोचा,कदमाहा, दादरबैरिया,अमाही बरियाती र सोराभाग गाविसलाई मिलाएर बि.स. २०७३ सालमा गठन भएको हो । गाउँपालिका निर्माणका क्रममा साविकको नोचा गाविसलाई यसको वडा नं. १, अमाही बरियाती गाविसलाई वडा नं. २, सोराभाग गाविसलाई ३ र ४,दादरबैरिया गाविसलाईआधा जति वडा नं. ५ तथा आधा वडा नं. ६ तथा कदमाहा गाविसका केही भागलाई वडा नं. ६ मा नै राखेर बाँकी भागलाई वडा नं. ७ मा समावेस गरिएको छ । यसरी दक्षिणमा मोरङका यी पाँचवाटा गाविसलाई मिलाएर धनपालथान गाउँपालिका बनाइएको छ । यस गाउँपालिकाको नाम भने साविकको कदमाहा गाविसमा रहेको राजा धनपालथानको मन्दिरको नाममा राखिएको हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.