नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२/०६/०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ ।
धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन् । २६१.७५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा कैलारी गाउँपालिका छ भने पश्चिममा मोहना नदी, उत्तरमा गोदावरी र गौरिगंगा नगरपालिका र दक्षिणमा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार यस उप-महानगरपालिकाको जम्मा घरधुरी संख्या ३२,२४९ र जम्मा परिवार संख्या ४६,६७० रहेको छ भने प्रारम्भिक जनसंख्या २,०४,७८८ रहेको छ जसमध्ये पुरुषको संख्या १,०२,३३४ र महिलाको संख्या संख्या १,०२,४५४ रहेको छ |
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.