Dhangadhimai Municipality Home / Directory
Dhangadhimai Municipality
Dhangadhimai MUN, Siraha, Madhesh
Government
Address Dhangadhimai MUN, Siraha, Madhesh

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दुरीमा अवस्थित रहेको छ । धनगढीमाईमा कूल १४ वडा रहेका छन् । १५९.६२ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढीमाई नगरपालिकाको भु-आकृतिक स्वरुप करिव सबै जसो समतल रहेको छ भने केही भाग पहाडी क्षेत्रले समेत ओगटेको छ । यसको पूर्वमा लहान नगरपालिका छ भने पश्चिममा गोलबजार नगरपालिका दक्षिणमा सुखिपुर नगरपालिका उत्तरमा प्रदेश नं.१ को उदयपुर जिल्लाको कटारी नगरपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३४.५ डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । यस नगरपालिकामा साविक गा.वि.स.हरु भवानीपुर प्र.ध., हनुमानगनगर प्र.ध., फुलकाहाकट्टी, अयोध्यानगर, धनगढी र विष्णुपुरकट्टी मिलेर बनेकोमा जम्म १४ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको २०७८ जनगणना तथ्याङ्क अनुसार कूल परिवार संख्या १०,८४२ र जनघनत्व ३३४, साक्षरता दर पुरुष ७८.४% र महिला ६०.९% कूल साक्षरता दर ६९.३%, लैङ्गिक अनुपात ९५.३२%, अपाङ्गताको प्रकार अनुसार जनसंख्या जम्मा ८४१ जसमा शारीरिक अपाङ्गता ४०.%, न्यून दृष्टियुक्त १३.९%, दृष्टिविहीन ६.९%, बहिरोपन ५.२%, मनोसमाजिक अपाङ्गता ४.५%, न्यून श्रवणशक्ति ३.३%, बहिरोपन एवं दृष्टिविहीन १.०७%, मानसिक वा मनोसामाजिक ८.३%, बौद्धिक अपाङ्गता ३.७%, अनुवंशीय रक्तश्राव (हेमोफेलिया) १.५%, अटिजम् ०.७%, बहुअपाङ्गता १०.७% रहेकोमा अपाङ्गता महिला संख्या १.४%, पुरुष संख्या १.८% रहेको छ। विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्या ३२.३% र यस नगरपालिकाको कूल महिला संख्या २७,३१७ र कूल पुरुष संख्या २६,०३८ गरी जम्मा जनसंख्या ५३,३५५ रहेको छ । यस नगरपालिकामा शैक्षिक संस्थाहरु सरकारी विद्यालय प्रा.वि.-२१, नि.मा.वि.-५, मा.वि.-७, उच्च मा.वि.-५, साथै नीजि विद्यालयहरु प्रा.वि.-११, नि.मा.वि.-४, मा.वि.-४, उच-च मा.वि.-३ रहेका छन । यहाँको शिक्षाको गुणस्तरीय र शैक्षिक वातावरण समेत राम्रो रहेको छ । यस नगरपालिकामा स्वास्थ्य तर्फ हेल्थपोष्ट-८, निजी अस्पताल-९ र सरकारी अस्पताल-१ रहेको छ । साथै यस नगरपालिकामा स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा विभिन्न जाति अनुसारको चाड पर्व मनाउने गरिन्छ । जस्तैः माघि, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, रक्षा बन्धन, लक्ष्मी पूजाँ, दशैं, तिहार, यहाँको प्रमुख चाड पर्वको रुपमा मनाईन्छ । यो नगरपालिकामा मधेसीमुलका र पहाडीहरुको मिश्रीत बस्ती रहेको छ । यस नगरपालिकामा बोलिने मुख्य भाषामा मैथली, तामाङ्ग, मगर, नेपाली, थारु भाषाहरु रहेका छन् ।

धनगढीमाई नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.