Dhankaul Rural Municipality Home / Directory
Dhankaul Rural Municipality
Dhankaul Bazar, Dhankaul RM, Sarlahi, Madhesh
Government
Address Dhankaul Bazar, Dhankaul RM, Sarlahi, Madhesh

संघियता कार्यान्वयन पछि मधेश प्रदेशको आठ जिल्ला मध्येको सर्लाही जिल्ला अन्तर्गत जिल्ला सदरमुकाम मलंगवा देखि २४ कि.मि. पश्चिम तथा पुर्व पश्चिम राजमर्ग भन्दा २५ कि.मि. दक्षिणमा अक्षांश २६.९०३९२३ र देशान्तर ८५.४२०८१९ मा अवस्थित रहेको यस गाउँपालिकाको उत्तर बसबरिया गाउँपालिका, दक्षिण रामनगर गाउँपालिका, पुर्व गोडैता नगरपालिका र पश्चिम बागमति नदिले रौतहट जिल्लाको सिमाना संग छुट्याएको देखिन्छ भने २०७३ सालमा स्थापना भएको यस गाउँपालिकाको कुल क्षेत्रफल ४५.९४ वर्ग.कि.मि. रहेको छ भन्ने साविकको सेखौना, धनकौल पश्चिम, हरकठवा, महिनाथपुर र छोटौल गा.वि.स. गरि जम्मा ५ वटा गा.वि.स. मिलेर बनेको यस धनकौल गाउँपालिकामा हाल ७ वटा वडा कायम गरिएको छ र यस गाउँपालिकामा विभिन्न जातजाती तथा साँस्कृतिक समुदायको बसोबास रहेको छ ।

 

यस गाउँपालिकाको कुल जनसंख्या २७९७४ मध्ये पुरुष १४४१० (५१.५%) र महिला १३५६४(४८.५%), कुल परिवार संख्या ५११२ र ३५  जातजाती (राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार) रहेको छ । यस गाउँपालिकाका व्यक्तिहरु मुख्यत कृषि पेसामा आधारित रहेकोले यहाँ मौसम अनुसारको प्राय:जसो सबैथरीका अन्न, फलफुल तथा तरकारी खेती हुने गरेको छ । धान खेतीको पकेट क्षेत्रको रुपमा पनि यस गाउँपालिकालार्इ चिन्ने गरिन्छ भन्ने नगदे बालीको रुपमा उखु खेतीको व्यापकता समेत रहेको छ । मनुष्मारा खोलाको नहर सिँचाई योजनाले यस धनकौल गाउँपालिकाको सातै वडालाई छोएको छ जसका कारण कृषकहरुलाई धान र गहुँ खेती गर्न आकासे खेतीको भर पर्नु नपर्ने र जिवन यापनमा समेत ठुलो सहयोग पुगेको छ । भन्ने चारैतिर हरियालीका कारण वातावरणीय पर्यावरण स्वच्थ र हराभरा रहेको देखिन्छ ।

 

यस गाउँपालिकाको मुख्य प्रशासनिक भवन वडा नं. २ को धनकौल पश्चिम बजारमा अवस्थित रहेको र सोही स्थानबाट संचालन हुने गरेको साथै सातै वटा वडामा स्वास्थ्य संस्थाहरु समेत संचालन रहेको छ भने १ माध्यमिक विद्यालय र ५ वटा निम्न माध्यमिक विद्यालय गरि जम्मा १४ वटा सामुदायिक विद्यालयहरु संचालनमा रहेकोछ । युवा तथा बालबालिकाहरुको लागी वडा नं. १ सेखौनाको परती (एलानी जग्गामा) ठुलो स्टेडियम निर्माण कार्य आ.व.२०७९/०८० देखि थालनी गर्ने प्रदेश सरकारबाट अगाडि बढाइएको छ ।

 

भौतिक पुर्वाधार विकासको हिसाबले हेर्नेहो भन्ने नयाँरोड देखि मधुवनी सम्म जाने कालोपत्रे सडक देखि छेउमा नै रहेको यो गाउँपालिकाको लगभग मुख्य सडकहरु कालोपत्रे अथवा ढलान भइसकेको वडाहरुमा पनि धेरैजसो शाखा सडकहरु ढलान गरिएको तथा अन्य सडकहरुमा ग्रेभल गरि बाह्रै महिना संचालनमा रहेको साथै विभिन्न जात समुदायका लागी सामुदायिक भवन निर्माण गरिएको सँस्कृतिक संरक्षण अन्तर्गत मठ मन्दिर तथा पौवाहरुको संरचना निर्माण गरिएको देखिन्छ । साथै गाउँपालिकाको मुख्य चौक तथा बजारहरुमा स्ट्रिट लाइट जडान गरिएको छ भने यस गाउँपालिकाको सातै वटा वडाहरुमा विद्युत आपुर्ति समेत गरिएको छ ।

 

औद्योगिक क्षेत्र अन्तर्गत यस गाउँपालिकामा अन्नपुर्ण सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रा.लि. नामक चिनिमिल र अभिनव डिस्टिलरी स्थापना भएको देखिन्छ ।

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.