Dharche Rural Municipality Home / Directory
Dharche Rural Municipality
Machikhola
Government
Office Info
Address Machikhola
Email 2 info@dharchemun.gov.np

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका आदिवासी जनजातिहरुको थाकथलो हो । प्रकृति पुजन वोन धर्मालम्वीहरुको बाहुल्यता रहेको यो गाउँपालिकाको नामाकरण स्थानीय भाषाको धर्ज र गाङ शब्द मिलेर बनेको छ । धर्ज भन्नाले ध्वजा, गाङ भन्नाले डाँडा हो । धर्ज र गाङ अर्थात ध्वजा गाड्ने डाँडासंग यहाँको प्रकृति पुजन पराम्परा र जन विश्वास जोडिएको छ । आफ्नो कार्य सिद्धिको कामना वा गाउँबाट बाहिर जानुपर्दा प्रस्थान गर्ने बेलामा यात्रा सफलता वा रक्षाको लागि खोलानाला डाँडाहरुमा पुजा गर्दै ध्वजा गाड्ने प्रचलनले आदिबासी जनजातीहरु प्रकृतिको पुजारी हो भन्ने प्रमाणित गराउँछ ।

त्यसैले प्रकृति र सँस्कृतिको खुल्ला संग्रहालय – धार्चे भन्ने पर्यटन नारा तयार गरी “पर्यटकका लागि म, मेरा लागि पर्यटन” सम्भावना र समृद्धिको नयाँ गाउँपालिका धार्चे स्थापना भएको छ । यो गाउँपालिका २८.१३५७ डिग्री उत्तरी अक्षांश र ८४.५२२८ डिग्री पूर्वी देशान्तरमा फैलिएको छ । भने क्षेत्रफल ६५२ कि.मी. रहेको छ । समुन्द्र सतह देखि ६३० – ७३०९ मिटर उचाईमा रहेको छ । ७ वटा वडा रहेको यो गाउँपालिका साविकका १२ नं. इलाकाका केरौँजा उहिया, लाप्राक, गुम्दा, काशिगाउँ र लापु गरि ६ वटा गा.वि.स. मिलेर पुनर्सरचना भएको हो ।यसको पूर्वमा छिमेकी मुलुक चीनको तिब्बत र धादिङ पश्चिममा वारपाक सुलिकोट गा.पा.उत्तरमा चुमनुव्री गा.पा.दक्षिणमा आरुघाट गा.पा. पर्दछन् । यस गा.पा. को तापक्रम अधिकतम २९ डिग्री र न्युनतम ५ डिग्रीको वीचमा रहने गरेको छ । हालको घरधुरी सर्वेक्षण अनुसार घरधुरी ३९३२ र जनसंख्या १८७२४ रहेको छ । तथापी यस गाउँपालिकाको २.१८ प्रतिशतको दरले जनसंख्या बृद्धि भएको देखिन्छ । यस गा.पा.मा वोन, बौद्ध, हिन्दु त्यसपछि क्रिश्चियन धर्मालम्वीहरु बसोबास गर्दछन् । बसोबासको हिसाबले हेर्दा ८३.९% गुरुङ, ११% घले, ४.९% विश्वकर्मा र बाँकी ०.२% अन्य जनजातीका मानिसहरु बसोबास गर्दछन् । पेशागत हिसाबले लगभग ४० %, कृषि, २३ %ज्याला मजदुरी, २२.५ % विद्यार्थी, ७.५ % वैदेशिक रोजगारी र बाँकी अन्य पेशामा सम्लग्न देखिन्छ । भू–उपयोगको स्थिति हेर्दा कृषि जमिन ९.८३%, वनले ढकिएको क्षेत्रफल ३६.६७ %, घाँसे तथा झाडी २० %, बाँझो तथा चट्टानयुक्त जमिन ३०.३८ %, हिउँले ढाकिएको क्षेत्रफल २.५३ % र बाँकी तालतलैया आदि रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.