Dhulikhel Municipality Home / Directory
Dhulikhel Municipality
Dhulikhel MUN, Kavrepalanchok, Bagmati
Government
Address Dhulikhel MUN, Kavrepalanchok, Bagmati
Fax 011-490330
Email 2 info@dhulikhelmun.gov.np

राजधानी देखि ३० किमी पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको बाहुल्यता भएको पाईन्छ। पहाडी भूभागले ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी, बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप बढ्न गएको पाईन्छ । धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । नगरले बिगत ५ बर्षमा ५३ वटा पार्क निर्माण गरि पर्यटन लाई थप टेवा पुर्याएको छ । यस नगरपालिकाको वार्ड नं. ६ को मैनेभीरको डाॉडामा अत्याधुनिक साधन सम्पन्न धुलिखेल सामुदामयिक अस्पताल संचालनमा रहेको छ । यसले हजारौ स्वदेशी तथा विदेशीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। त्यस्तै यसै नगरपालिकाको वार्ड नं. ४ भ्याण्डोलमा अन्तराष्ट्रिय स्तरको काठमाण्डौ विश्वविधालय संचालनमा रहेको छ।

 

नेपालकै नमूनाको रुपमा सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रुपमा बायोग्याॉस उत्पादन समेत भएको छ । यस नगरपालिका भित्रमा खानेपानी, विधुत तथा अन्य विविध सुविधाहरु रहेको हुनाले विभन्न होटलहरु समेत संचालनमा रहेका छन। नगरको मध्यभाग भएर जाने २ वटा ठुला राजमार्ग (बिपी राजमार्ग र अरनिको राजमार्ग) का कारण यस नगर ब्यापारको केन्द्र विन्दु समेत बनेको छ ।

धुलिखेल नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.