Diprung Chuichumma Rural Municipality Home / Directory
Diprung Chuichumma Rural Municipality
Yangsolatar, Diprung Chuichumma RM, Khotang, Koshi
Government
Address Yangsolatar, Diprung Chuichumma RM, Khotang, Koshi

खोटाङ जिल्लाका ८ वटा गाँउपालिकाहरु मध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करीव २१ कोष (६७.२ कि.मि.)को दूरीमा
अवस्थित छ । साविकका याम्खा, टेम्मा, डाँडागाँउ, छोरम्बु, बतासे, छितापोखरीर सत्तेश्वर छितापोखरी गा.वि.स हरु समावेश भएका यस गाउँपालिकाका ७ वटा वडा छन भने कुल क्षेत्रफल १३६.४८ वर्ग किमी रहेको छ । यस गाँउपालिकाको पूर्वमा साकेला गाँउपालिका, उत्तरमा रुपाकोट मझुवा गढी नगरपालिका र साकेला गाँउपालिका, पश्चिममा हलेशी तुवाचुङग र उदयपुर जिल्लासँग र दक्षिणमा खोटेहाङ गाँउपालिका रहेको छ । कुल २२३८७ जनसंख्या तथा ३७५२ घरधुरी रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सवै भन्दा वढी जनसंख्या वडा नं. ७ मा (४३७६) र सबैभन्दा कम जनसंख्या वडा नं. ६ मा (२३२६) रहेको छ । त्यस्तै यस गाउँपालिकाको वडागत घरधुरी संख्या सबैभन्दा बढी वडा नं. ७ मा ६८८ र सबैभन्दा कम वडा नं. ६ मा ३८५ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.