बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको यो पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना २०७५ साल कार्तिक १५ गते भई हेटौडाको चाईनागेट भित्र साविक कृषि विकास कार्यालय, मकवानपुरको परिसर भित्र अवस्थित छ। बागमती प्रदेशका १३ वटा जिल्लाहरुमा यस निर्देशनालय अन्तर्गतका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, २ वटा मत्स्य विकास केन्द्रहरु, १ वटा बाख्रा विकास फार्म र १ वटा पशु सेवा तालिम केन्द्र गरी १२ वटा कार्यालयहरु माफर्त प्रदेश सरकारका पशुपन्छी तथा मत्स्य सम्बन्धी योजनाहरु कार्यान्वयन भईरहेको छ। भौगोलिक हिसावले यो प्रदेश पशुपन्छी तथा मत्स्यपालनको लागि प्रचुर सम्भावना बोकेको प्रदेश हो।यस प्रदेशका केही जिल्ला दुध, फुल र माछामा आत्मनिर्भर भैसकेको र अन्य जिल्लाहरुमा समेत दुध, फुल, माछा र मासुको उत्पादन, बजारीकरण, बिबिधीकरण, यान्त्रीकरण, औद्योगिकिकरण मार्फत प्रदेशलाई ३ देखि ५ बर्ष भित्र दुध, फुल, माछा र मासुमा आत्मनिर्भर बनाई, आयात प्रतिस्थापन गरी निर्यातमा टेवा पुर्याउने उदेश्यले निर्देशनालय र अन्तर्गतका कार्यालयहरु मार्फत प्रदेशका पशुपन्छी तथा मत्स्यपालक कृषकहरुलाई आवश्यक सेवा पुर्याईरहेको छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.