Dolpo Buddha Rural Municipality Home / Directory
Dolpo Buddha Rural Municipality
Dolpo Buddha RM, Dolpa, Karnali
Government
Address Dolpo Buddha RM, Dolpa, Karnali
Email 2 info@dolpobuddhamun.gov.np

डोल्पो बुद्ध गाउँपालिकाको स्थापना वि.स.२०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र धो,डोल्पामा रहेको छ । यो गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेकोमा, डोल्पो बुद्ध गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल जनसंख्या २४२० (पुरुषको संख्या ११४८ र महिलाको संख्या १२७२) रहेको छ । घरपरिवार संख्या ५४३ रहेको छ । यस गाउँपालिकामा जम्मा ६ वडा रहेकोमा वडाअनुसारको जनसंख्या वडा नं. १ मा जम्मा ५२४, वडा नं. २ मा १०२, वडा नं. ३ मा ४०८, वडा नं. ४ मा ३०१, वडा नं. ५ मा ५०९ र वडा नं. ६ मा ५७६ जना रहेको छ । सबैभन्दा उच्च जनसंख्या वडा नं ६ मा ५७६ रहेको छ भने सबै भन्दा न्यून वडा नं २ मा १०२ रहेको देखिन्छ।

 

डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । यस गाउँपालिकामा जम्मा २ वटा प्रा‍.वि र १ मा.वि विद्यालयहरु रहेका छन् ।  यस गाउँपालिकाका प्रमुख पर्यटकिय स्थलहरुमा : धो तिन्जे गाउँका गुम्वा ,भेषाभुषा र हिमालयहरु रहेका छन ।

डोल्पो बुद्ध गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.