Doramba Shailung Rural Municipality Home / Directory
Doramba Shailung Rural Municipality
Tokarpur-03
Government
Office Info
Address Tokarpur-03
Email 2 info@dorambamun.gov.np

दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्लाका ८ स्थानीय तहहरुमध्ये उच्च पहाडी भूभागमा अवस्थित सुन्दर र ऐतिहासिक स्थानीय तह हो । मुलुकको संघीय राजधानीबाट करिब १२५ किलोमिटरको दूरीमा रहेको भए पनि सेवा भौतिक सेवा सुविधाका हिसाबले यो गाउँपालिका विकट क्षेत्रका रुपमा रहेको छ । तामाङ भाषामा 'दो को अर्थ 'दुई र 'रम्बा' को अर्थ माने' भन्ने हुन्छ । माने तामाङ संस्कृति अनुसार पूजा गर्ने पवित्र ठाउँ हो ।

यसरी तामाङहरुको दुईवटा माने' भन्ने अर्थमा दोरम्बा हुन गएको र पछि यो ठाउँको नाम नै दोरम्बा कायम हुन गएको हो भन्ने जनविश्वास यहाँ प्रचलित छ । शैलुङ पर्वतको काखमा रखेको सुन्दर ग्रामीण बस्तीहरुको सङ्गम पर्यटकीय एवम् धार्मिक स्थानको नामबाट गाउँ पालिकाको नाम दोरम्बा शैलुङ राखिएको हो । यस गाउँ पालिकाको केन्द्र साविक टोकरपुर गाविसको थामडाँडामा रहेको छ । पूर्ववतरूपमा नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने जनकपुर अञ्चलको रामेछाप जिल्लामा रहेको यो गाउँपालिका जिल्ला भित्रको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि एउटा मात्र निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि तय गरिएका २ निर्वाचन क्षेत्र मध्ये 'ख' अन्तर्गत पर्दछ ।

यस गाउँ पालिकाको पूर्वमा मन्थली नगरपालिका र दोलखा जिल्लाको शैलुङ गाउँपालिका, पश्चिममा काभ्रपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका, उत्तरमा दोलखा जिल्लाको शैलुङ गाउँपालिका र दक्षिणमा रामेछाप जिल्लाको सुनापति र खाँडादेवी गाउँपालिका रहेका छन् ।

धरातलीय अवस्थालाई मध्यनजर गर्दा बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका पहाडी तथा उच्च पहाडी धरातलीय स्वरुपमा रहेको छ । यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले ठूलो शैलुङमा हिउँ पर्नेदेखि बैंसीमा रजमन्टार, लखनपुर, धान फल्ने एवम् खाद्यान्नको भरिपूर्ण हरियाली भूभाग, सामान्य भीरालो र चट्टानी क्षेत्रले ओगटेको छ । सामान्य अग्ला र भीराला पहाडी शृ‌ङ्खलाले बनेको यस गाउँ पालिकामा भीरपाखा बसोबासको क्षेत्र सहितको विविधतायुक्त धरातलीय अवस्थिति रहेको छ । अधिकांश भीरालो क्षेत्रमा वन जङ्गलले ढाकेको छ भने केही क्षेत्र उजाड डाँडाका रुपमा रहेका छन् ।

प्राकृतिक सम्पदाका रुपमा गाउँ पालिकालाई मूल प्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टे खोला र धोवी खोला यहाँका मुख्य प्राकृतिक सम्पदाहरु हुन् । सिँचाइको मुख्य स्रोतको रुपमा रहेका यी खोलाबाट यस क्षेत्रको तल्लो बैंसी क्षेत्रको जमिनमा सिँचाइ सेवा उपलब्ध रहेको छ । जैविक विविधताका हिसाबले पर्वतीय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा पाखनबेद, कटुकी, सतुवा, विषजडा पशुहरुमा चौरी, भेडा, गाई, गोरु, भैंसी, बाखा, राँगा चराचुरु‌ङ्गीहरुमा डाँफे, कालिज, वन कुखुरा, भँगेरा, सारौ, काग, ढुकुर, मयुर र वन्य जन्तुहरुमा मृग, भालु, चितुवा, खरायो, बाघ, मुख्य रुपमा रहेका छन् । यसका अलावा पहाडको माथिल्लो भागका अधिकांश स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामाखानी लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ ।

दोरम्बा शैलुङ गाउँपालिका रामेछाप जिल्लाको उत्तर पश्चिम भूभागमा रहेको छ । जिल्लाको कूल क्षेत्रफलको ८.९९ प्रतिशत भूभाग ओगटने यस गाउँ पालिकाको क्षेत्रफल १४०.८८ वर्ग किमि रहेको छ । सम्वत् २०६८ सालको जनगणना अनुसार यस गाउँ पालिकाको जनसंख्या २२,७३८ जना रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.