Dudhpokhari Rural Municipality Home / Directory
Dudhpokhari Rural Municipality
Jorne
Government
Office Info
Address Jorne
Email 2 ito.doodhpokharimun@gmail.com

समुन्द्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा रहेको धार्मिक तथा पर्यटकीउय महत्व बोकेको दूधपोखरी कुण्डको नामबाट यस गाँउपालिकाको नाम दूधपोखरी गाँउपालिका रहन गएको हो । हिमालको काखमा रहेको दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थ स्थलको रुपमा प्रसिद्ध छ ।

 

दूधपोखरी गाँउपालिकाका मानिसहरुको मुख्य पेशा कृषी पसुपालन र विभिन्न ब्यवसाय हो । यस गाँउपालिमामा मानिसहरु भारत लगायत अन्य विभिन्न देशहरुमा रोजगारीमा लागी जाने गरेका छन् । यहाँका मुख्य खाद्यन्न बालिहरुमा भान मकै कोदो गहुँ हुन् । यस गाउँपालिकामा अन्य बिभिन्न तरकारी बालिहरु (बन्दा काउली आलु टमाटर बोडी सिमी लौका काक्रो आदी उत्पादन हुन्छ । 

 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका अनुसार दूधपोखरी गाउँपालिकामा २४६९ घरपरिवार छन्,  जहाँ ८५९२  मानिस प्रति वर्ग किलोमिटर ५६ जनाको घनत्वको साथ बसोबास गर्छन् । कुल जनसङ्ख्या मध्ये ४८.६४ प्रतिशत पुरुष र ५१.३६ प्रतिशत महिला छन् । दूधपोखरी गाउँपालिकाको औसत लैङ्गिक अनुपात ९४.७० % हो र औसत घरधुरी आकार ३.४८ % छ । वडाका सवै वडामध्ये सवभन्दा बढी घरपरिवार ५९० रहेको वडा नं ६ हो जसमा २१०६ जनसङ्ख्या छ भने वडा नं ३ सबैभन्दा कम घरपरिवार २६६ रहेकोमा जनसङ्ख्या ८७० रहेको छ । वडा नं १ मा सबैभन्दा बढी औसत परिवारको आकार ३.६६ रहेकोमा वडा नं ३ मा सबैभन्दा कम औसत परिवार आकार ३.२७ रहेको छ । (राष्ट्रिय जनगणना २०७८) ।

 

दूधपोखरी गाउँपालिकामा आर्थिक रुपले सक्रिय जनसङ्ख्या (१५ देखी ५९ वर्ष उमेर समुहको जनसङ्ख्या) कुल जनसङ्ख्याको ५६.५५ प्रतिशत रहेको छ । 

 

क्षेत्रफल सिमाना र वडा विभाजन: दूधपोखरी गाउँपालिकाको स्थापना २०७३  साल फाल्गुन २७ गते गरीएको थियो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५३।३३ ब.कि.मि रहेको छ । यव गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन् । 

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.