Duhabi Municipality Home / Directory
Duhabi Municipality
Government
Address Not available

दुहवी नगरपालिका नेपालका ७ प्रदेश मध्ये कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित छ । नेपाल सरकार (मन्त्रि परिषदको) को मिति २०७१/०१/२५ को निर्णयानुसार गठित आयोगबाट घोषणा भएको दुहबी भलुवा नगरपालिकाले ३३.४४ वर्ग किलोमिटर ओगटेको थियो । नेपाल सरकार स्थानीय तह निर्धारण आयोगको २०७३ फाल्गुनको निर्णय अनुसार सुनसरी जिल्लाका अन्य गा.वि.स. सोनापुर, सिमरिया, तनमुना र पुर्वकुशाहा समेतलाई मिलाएर कुल ७६.६७ वर्ग किलोमिटर क्षेत्रफल कायम गरिएको छ  । २०७८ सालको जनगणना अनुसार दुहवी नगरपालिकामा ३२,७९७ जना पुरुष र ३३,२७७ जना महिला गरी कुल जनसंख्या ६६,०७४ जना रहेको छ । पुर्वमा मोरङ जिल्लाको बुढीगंगा गाउंपालिकासंग सिमाना जोडिएको छ भने पश्चिममा गढी गाउंपालिका, उत्तरी भागमा इटहरी उपमहानगरपालिका र दक्षिणी भागमा बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका रहेको छ । भौगोलिक अवस्थितिका हिसाबले यो नगरपालिका ८७०१२'२७'' देखि ८७०१७'५४'' पूर्वी देशान्तर र २६०२९'१५'' देखि २६०३७'११''उत्तरी अक्षांशसम्म लगभग केराको पात जस्तो आकारमा फैलिएको छ । १२ वटा वडाहरुमा विभाजित यस नगरपालिकाको उत्तरतर्फ अग्लो र दक्षिणतर्फ क्रमशः पानिढलो छ । उत्तरतर्फको अग्लो भागबाट उत्पति भएका स-साना खोल्साहरु मिलेर निर्माण भएका बुढी खोला,  टेग्रां खोला, धनुष्ना खोला आदि दक्षिण तर्फ बगेको छ । भौगोलीक परिवेशमा यो नगरपालिका त्यति धेरै विषम अवस्थितिमा नभए पनि बुढी खोला र अन्य स-साना खोला र खोल्साको पृष्टभूमिमा अवस्थित भएका कारण यहाँ स्थानीय स्तरका विविधताहरु देखिन्छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.