Dullu Municipality Home / Directory
Dullu Municipality
Government
Office Info
Address Not available
Website dullumun.gov.np

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुल्लू रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।

नेपाल एकिकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएतापनि वि.सं. २०१८ सम्म यो छुट्टै राज्यको रुपमा रहेकै थियो । ततपश्चत दुल्लू राज्य विघठन भएर दैलेख जिल्लामा गाभिएको थियो । पछि दुल्लू राज्यका सबै दराहरुलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइएका थिए । पछिल्लो समय सम्म एक सानो गाउँ विकास समितिको रुपमा रहेको दुल्लूमा आसपासका ६ वटा गा.वि.स हरु (दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट) लाई समायोजन गरी वि.सं. २०७१ बैसाख २५ गत्ते दुल्लू नगरपालिका घोषणा भई २०७१ जेष्ठ ५ गते विधिवत रुपमा स्थापना गरिएको हो राज्य पुनरसंरचनाको क्रममा २०७३  साल फागुन २७ गते साविकका गमौडी, कालभैरव, गौरी र मालिका गाउँ विकास समितिहरु समेत समायोजन भइ दुल्लू नगरपालिकाको क्षेत्र विस्तार भएको हो ।

भौगोलिक अवस्थिति

               प्रदेश : कर्णाली

                जिल्ला: दैलेख

सिमाना

पूर्वः नारायण नगरपालिका र डुंगेश्वर गाउँपालिका

पश्चिमः चामुण्डाविन्द्रासैनी नगरपालिका, 

उत्तरः भैरवी गाउँपालिका

दक्षिणः गुराँस गाउँपालिका र अछाम जिल्ला

समायोजित गा.वि.स.हरु:

दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी, छिउडीपुसाकोट, गमाैडी, कालभैरव, गाैरी र मालिका

वडा संख्या: १३

वडा विभाजन :

वडा नं. १: साविक नाउलेकटुवाल गा.वि.स.का वडा नं. ३, ६, ७, ८ र ९

वडा नं.२: साविक नाउलेकटुवाल गा.वि.स.का वडा नं. १, २, ४, ५ र  साविक नेपा गा.वि.स.को वडा नं. ९

वडा नं. ३: साविक नेपा गा.वि.स. का वडा नं. २, ४, ५, ६, ७, ८

वडा नं. ४:साविक नेपा गा.वि.स.का वडा नं. १, ३ पादुका गा.वि.स.का वडा नं. ८,९ र  दुल्लु गा.वि.स.का वडा नं. ७ र ९

वडा नं. ५: साविक दुल्लु गा.वि.स.का वडा नं. ६, ८ र छिउडीपुसाकोट गा.वि.स.का वडा नं. ६, ७, ८, ९

वडा नं. ६: साविक छिउडीपुसाकोट गा.वि.स.का वडा नं. १, २, ३, ४ र ५ र सावि मालिका गा.वि.स.को वडा नं. ७ र ८

वडा नं. ७: साविक पादुका गा.वि.स.का वडा नं. ६, ७ र दुल्लु गा.वि.स.का वडा नं. १, ५

वडा नं. ८: साविक पादुका गाविसको वडा नं. ५ दुल्लु गाविसका वडा नं. २, ३, ४ र  वडलम्जी गाविसका वडा नंं. १, ८ र ९

वडा नं. ९: साविक पादुका गाविसका वडा नं. १, २, ३, ४

वडा नं. १०: साविक गमाैडी गा.वि.स.

वडा नं. ११ः साविक कालभैरव गा.वि.स.

वडा नं. १२ःसाविक गाैरी गा.वि.स.

वडा नं. १३ःसाविक मालिका गा.वि.स. को वडा नं. १, २, ३, ४, ५, ६ र ९

 

अक्षांश: २८ डिग्री ४५ मिनेट ४ सेकेण्ड देखी २८ डिग्री ५७ मिनेट १३ सेकेण्ड उत्तरी अक्षांश

देशान्तर: ८१ डिग्री ३१ मिनेट २८ सेकेण्ड देखी ८१ डिग्री ४१ मिनेट २६ सेकेण्ड पूर्वी देशान्तर

समुन्द्र सतहदेखि उचाई:

१२३६ मिटर (४०५५ फिट)

न्युनतम : ५४४ मिटर (तल्लो डुङ्गेश्वर)

कुल क्षेत्रफल: १५६.७७ बर्ग किलाेमिटर

जनसंख्या: ३९१४३ (२०७८ को जनगणना अनुसार कुल जनसंख्या)

घरधुरी:   ९०५३

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.