Gadhimai Municipality Home / Directory
Gadhimai Municipality
Samanpur, Gadhimai MUN, Rautahat, Madhesh
Government
Address Samanpur, Gadhimai MUN, Rautahat, Madhesh
Email 2 info@gadhimaimun.gov.np

यस गढीमाइ नगरपालिकाको स्थापना वि. स. २०७३ सालमा भएको हो । नेपालको दोस्रो ठुलो गढीमाई मन्दिर र मेला यसै न. पा. मा रहेको र सोही धार्मिक स्थलको नामबाट यस न. पा. को नाम गढीमाई नगरपालिका नामाकरण भएको हो । यस न. पा.को केन्द्र रौतहट जिल्लाकै पुरानो र नेपाल अंग्रेज युद्ध भएको युद्धस्थल  समनपुर बजारमा रहेको छ । जसको ऐतिहासिक नाम लडैया समनपुर पनि रहेको छ । यो नगरपालिका प्रसिद्ध बागमति नदिको किनारमा रहेको छ जसले सर्लाही जिल्ला र यस न.पा. लाई छुटयाउने सिमानाको पनि काम गरेको छ । यो नगरपालिका बागमती नदी को मिठो माछा तथा जिल्लाको विभिन्न ठाउँमा निर्माण सामाग्री निर्यातको लागि पनि चिनिने गरिन्छ । नेपाल अंग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले पनि यस न.पा.को आफनै एतिहासिक विशेषता रहेको छ । पाँच वर्षमा लाग्ने नेपालकै दास्रो ठुलो गढीमाई मेलाले पनि यस ठाउँमा लाखौ धार्मिक पर्यटकहरुको घुईचोले यस न.पा. को चिनारीलाई प्रष्टाएको छ । यस न. पा. को प्रमुख आन्तरिक आय स्रोत भनेको नदीजन्य निर्माण सामाग्रीको उत्खनन तथा बिक्री वितरण हो । यस नगरपालिका मा मुख्य गरी यादव, मुस्लिम, मलाह, कानु, ब्राम्हण, कायस्थ, थारु, बनियाँ, कुम्हाल, नेवार, चमार, दुसाध, मुस्हर, डोम आदि जात जातिहरुको बसोवास रहेको छ ।
                                           साविकको ६ वटा गा.वि.स.हरु समनपुर, संग्रामपुर, बलुवा मदनपुर, गम्हरिया, बरियारपुर, तथा धर्मपुरलाई एक ठाउँमा समावेश गरि यस न. पा. को निर्माण गरिएको छ । जस अन्तर्गत जम्मा ९ वटा वडाहरु कायम गरिएको छ । यस न. पा. को पुर्वमा बागमति नदी पारी सर्लाही जिल्ला, पश्चिममा गरुडा न. पा., उतरमा बृन्दावन न. पा. तथा दक्षिणमा माधव नारायण न. पा. रहेको छ । यस न. पा. को कुल क्षे. ४९.४४ वर्ग कि. मि. रहेको छ । २६ं ५८’ ०२” उतर देखि ८५ं २२’ ५८” पुर्व सम्म फैलिएको छ ।  संघिय क्षेत्र नं. १ तथा प्रादेशिक क्षेत्र नं. १ ख अन्तर्गत यस न. पा. को वडा नं. ६, ७ र ८ तथा संघिय क्षेत्र नं. ४ तथा प्रादेशिक क्षेत्र नं. ४ ख अन्तर्गत यस न.पा. को वडा नं. १, २, ३, ४, ५, र ९ पर्दछ । यस न. पा. अन्तर्गत ३ वटा इलाका प्रहरी कार्यालय तथा १ वटा शसस्त्र प्रहरी बेश क्याम्प रहेको छ । यस न. पा. मा बैंक अफ काठमाण्डौं, नेपाल बैंक लिमिटेड तथा साधना लधुवित्त लगायतका बैंक तथा लघुवित्तहरु रहेका छन । यस नगरपालिकाको कुल जनसंख्या ४५००० हजार मध्ये पुरुष २२०५० तथा महिला २२९५० जना रहेको छ । कुल जनसंख्याको  ७० प्रतिशत हिन्दु धर्म मान्ने समुदाय तथा ३० प्रतिशत इश्लाम धर्म मान्ने समुदायको बसोवास रहेको छ । कुल जनसंख्याको ७० प्रतिशत मानिसहरु कृषी पेशामा लागेको देखिन्छ भने व्यापार, वैदेशिक रोजगारी, जागिर तथा श्रमिकको काम गर्नेहरुको पनि संख्या यहाँ उल्लेख्य रहेको देखिन्छ ।

गढीमाई नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.