Gajuri Rural Municipality Home / Directory
Gajuri Rural Municipality
Gajuri RM, Dhading, Bagmati
Government
Address Gajuri RM, Dhading, Bagmati

नेपालमा लोकतन्त्रको स्थापना पछि गरिएको राज्य पूनसंरचना अन्तर्गत स्थानीय तहलाई ूनगरपालिका र गाउँपालिका मा विभाजन गरिएको छ । यसको साथै नेपालको संविधान २०७२ ले स्थानीय तहलाई कर, सहकारी र एफ.एम् सञ्चालन, स्थानीय सेवाको व्यवस्थापन,स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, सिंचाइ जस्ता विविध क्षेत्रमा आफ्नो शासन आफैं गर्न पाउने अधिकार तथा जिम्वेवारी पनि दिएको छ । बागमती प्रदेश, धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान (२०७२) बमोेजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाँउ विकास समितिलाई समायोजन गरी गजुरी  गार्उँपालिका गठनगरिएकोे छ । यस  गाउँपालिकालाई  हाल ८ वटा वडामा विभाजन गरिएकोे छ । 


ऐतिहासिक भनाई अनुसार तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समयमा गोरखाबाट नुवाकोट जाने क्रममा आफ्नो शिरको गजुर बिसाएकोले यस ठाउँको नाम गजुरी हुन गएको हो । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो ।  


करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउ“पालिकाको पूर्वमा गल्छी गाउ“पालिका, पश्चिमा बेनिघाट रोराङ गाउ“पालिका, उत्तरमा त्रिशुली नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ । यो गाउ“पालिका समुद्री सतहबाट करिब ३०० देखि १३०० मिटर सम्मको उचाईसम्म फैलिएर रहेको छ । विश्व मानचित्रमा २८ डिग्री ७३ मिनेट उत्तरी अक्षांश र ८४ डिग्री ९८ मिनेट पूर्वी देशान्तरमा अवस्थित यो गाउ“पालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, मगर, नेवार लगायतका जातजातिको बसोबास भएकोले यहा“को कला, संस्कृति, रीतिरिवाज र परम्परामा पनि विविधता पाइन्छ । यहा“का जनताको मुख्य पेशा कृषि भए तापनि व्यापार, वैदेशिक रोजगार, उद्योग व्यवसाय यहा“का अन्य पेशाहरु हुन् ।
साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउ“पालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गमा पर्ने मलेखु, गजुरी, घाटबेसी, आदमघाट यहा“का मुख्य बजार क्षेत्र हुन् । भद्रकाली, सिद्धेश्वर, ओडारे महादेवस्थान, पिण्डेश्वरी, ईन्द्रायणी, सानो पशुपतिनाथ आदि यहा“का मुख्य मन्दिरहरु हुन् । माछा पाइने प्रख्यात ठाउ“ मलेखु बजार पनि यसै गाउ“पालिकामा पर्दछ ।


नेपाली सेनाको देवीदत्त गण, आदमघाटमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय, जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय समेतका सुरक्षा निकायहरु रहेको र आदर्श बहुमुखी क्याम्पस, विभिन्न मा.वि. र आधारभूत विद्यालयहरु गजुरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्यस“ग सम्बन्धित निकायहरु सेक्टर र इलाका वन कार्यालयहरु, कृषि र पशु सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय, सीप विकास तालिम केन्द्र, कृषि सामग्री संस्थान, विद्युत प्राधिकरण जस्ता सरकारी र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरुको कार्यशीलताले यस गाउ“पालिकाको गजुरी बजारलाई दोस्रो जिल्ला सदरमुकामको रुपमा समेत लिने गरिएको छ ।


स्थानीय तहको गठनपछि आवश्यक कर्मचारी तथा भौतिक पूर्वाधारको कमीका कारण यस गाउ“पालिकाबाट प्रवाह हुने सेवा सुविधाको प्रभावकारितामा द्रुत गतिले सुधार गर्न सकिएको छैन । नेपाल सरकारको कार्यकारी आदेश २०७४ मा व्यवस्था भए अनुसार गाउ“पालिका र वडा कार्यालयमा गरी कुल ३३ जना कर्मचारीको दरबन्दी भए तापनि हालसम्म निजामती सेवाका कार्यकारी अधिकृत –१, लेखापाल –१, वडा सचिव –३ गरी जम्मा ५ जना र स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करार गरी कम्प्युटर अपरेटर –१, सहकायक चौथो तहमा कार्यरत ३ जना तथा कार्यालय सहयोगी १ जना गरी जम्मा १० जना कर्मचारी र ३ जना सामाजिक परिचालकबाट गाउ“पालिका र सबै वडा कार्यालयहरुको कार्य सञ्चालन गरिएको छ । कार्यालयको आफ्नै कार्यालय भवन नभए तापनि गजुरी बजारमा घर भाडामा लिई गजुरी गाउ“पालिकाको कार्यालय सञ्चालन गरिएको छ । यसैगरी गाउ“पालिकाको वडा नं. १, २ र ३ बाट प्रवाह हुने सेवा सुविधाहरु समेत यही कार्यालयबाट प्रदान गर्ने कार्यको थालनी गरिएको छ । यसरी नै वडा नं. ४, ५ र ६ को वडा कार्यालयबाट वडा नं. ७ र ८ को वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरु क्रमशः साविकको पिंडा र किरान्चोक गा.वि.स.को कार्यालयबाट संयुक्त रुपमा प्रवाह गर्ने काम गरिएको छ ।


सम्बत् २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि विहिन भई सेवा प्रवाह र विकास निर्माणका कार्यमा प्रभावकारिता हासिल गर्ने कार्यमा भएको कठिनाईलाई अब हल गर्ने समय आएको छ । उक्त निर्वाचन पश्चात् हाम्रो गाउ“पालिकामा आएका जनप्रतिनिधिहरुको सवल नेतृत्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

गजुरी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.