Galchhi Rural Municipality Home / Directory
Galchhi Rural Municipality
Baireni
Government
Office Info

धादिङ जिल्लामा अवस्थित गल्छी गाउँपालिका नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको धादिङ जिल्लाको साविकका गाविस कल्लेरी  (सबै), बैरेनी  (सबै) र गोगनपानी   (१,२,३,४ र ९) गरी तीन वटा गाविसलाई समायोजन गरी गल्छी  गार्उँपालिका गठन गरीएको छ । उक्त गाउपालिका लाई  हाल ८ वटा वडामा विभाजन गरिएकोे छ ।

यस गाउँपालिकाको नाम “गल्छी” कसरी रहन गयो भन्ने प्रसङ्गमा राणाकालिन समयमा श्री ३ महाराज जंङ्ग वहदुर राणा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा सेना परिचालन गरी धादिङ्ग जिल्लाको गल्छी खोलालाई गल र छिनोले काटेर खोलालाई अर्को क्षेत्रवाट वगाई साविकको खोला वगेको ठाउँमा वस्ती वसाएको हुँदा त्यस ठाउँको नाम गल्छी रहन गएको भनाई रहेको छ । त्यसै नामवाट नै यस गाउँपालिकाको नाम गल्छी गाउँपालिका राखिएको हो । नेपाल सरकारले धादिङको बैरेनी र गल्छीलाई मध्य पहाडीलोक मार्गका प्रमुख १० शहरहरु मध्येको एक शहरको रुपमा छनोट गरेको र नेपाल सरकारले प्राथमिकताको आयोजना मध्येको शहरी विकास योजना भएकोले बैरेनी गल्छीलाई जिल्लाकै प्रमुख बजार र व्यापारिक केन्द्र बन्ने सूचीमा राखेको छ । 

गल्छी गाउँपालिकाको जम्मा क्षेत्रफल १२९.०८ वर्ग किलोमिटर रहेको छ । पूर्वमा थाक्रे गा.पा.र नुवाकोट जिल्ला, पश्चिममा गजुरी र सिद्धलेक गा.पा., उत्तरमा निलकण्ठ न.पा. र नुवाकोट जिल्ला तथा दक्षिणमा गजुरी, थाक्रे गा.पा. र मकवानपुर जिल्ला पर्दछ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी ५९७५ र जम्मा जनसंख्या २३७३३ मध्ये पुरुष ११६२७ र महिला १२१०६ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.