Ganyapdhura Rural Municipality Home / Directory
Ganyapdhura Rural Municipality
Ganeshpur, Ganyapdhura RM, Dadeldhura, Sudurpashchim
Government
Address Ganeshpur, Ganyapdhura RM, Dadeldhura, Sudurpashchim
Social Media

सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको साविक असिग्राम गा.वि.स., गणेशपुर गा.वि.स., मष्टामण्डौ गा.वि.स. र कैलपालमाण्डौ  सम्मिलित गरी जम्मा ४ वटा गा.वि.स. २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २० डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ६५ मिनेट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित गन्यापधुरा गाउँपालिका बनेको छ । यस गन्यापधुरा गाउँपालिकाको जनसङ्ख्या १५०९३ र यसको क्षेत्रफल १३५.६५ वर्ग कि.मि. रहेको छ। साविक असिग्राम गा.वि.स.का १ देखि ९ वडा, साविक गणेशपुर गा.वि.स. का १ देखि ९ वडा, साविक मष्टामाण्डौ गा.वि.स का १ देखि ९ वडा र कैलपालमाण्डौ गा.वि.स. का १ देखि ९ वडा गरी जम्मा ४ वटा गा.वि.स. को जनसङ्ख्या , भौगलिक अबस्था समाहित गरी ५ वटा वडा मा विभाजन गरी गाउँपालीकाको स्थापना भएको हो । गाउँपालीका स्थापना गर्दा यहाँको जातिय भाषिक धार्मिक सामाजिक सास्कृतिक एतिहासिक सडक सञ्जालको पहुच एककृत भुबनोट लाई आधार मान्दै प्राकृतिक श्रोत, सस्थागत पुर्वाधार आ.ब. ०७२।०७३ को आन्तरीक आय र जिल्ला स्थित क्रियासिल राजनैतिक दलहरुको सर्वसम्मत निर्णय समेत लाई आधार लिई स्थानिय तह पुनं. सङ्ररचना प्रावधिक सहयोग समितीको मिति २०७३।०७।२० को निर्णय अनुसार गन्यापधुरा गाउँपालीका प्रताब भई स्विकृत भएको हो । जस अनुसार यसको केन्द्र गणेशपुर रहेको छ ।

 

नामाकरण
यस डडेल्धुरा जिल्लाको प्राचिन समयमा पश्य गर्खा क्षेत्रमा पर्ने सबैै हिन्दुहरुको धार्मिक एबं सास्कृतिक आस्थाको धरोहरका रुपमा रहेको शिखर (गन्याप) देवताको नामबाट गन्यापधुरा नामाकरण गरीएको हो । खास गरी यस गाउँपालीका अन्तर्गत असिग्राम, गणेशपुर, कैलपालमाण्डौ र मष्टामाण्डौ लगायत सुदुरपश्चिम क्षेत्रकै सवै जातजातीको आस्थाको धरोहरको रुपमा रहेको गन्याप देवता शक्तिपीठ मध्ये एक हो ।
 

अबस्थित सिमाना
यस गन्यापधुरा गाउँपालीका २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २९ डिग्री ४२ मिनेट उत्तरी आक्षांंस र ८० डिग्री ६५ मिनट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित रहेको छ। यस गाउँपालीकाको पुर्व मा डोटि जिल्लाको शिखर नगरपालीका, पश्चिममा डडेल्धुरा जिल्लाको अमरगडि नगरपालीका र आलिताल गाँउपालीका, उत्तर मा डडेल्धुरा जिल्लाको नबदुर्गा गाउँपालीका र दक्षिण मा आलिताल गाउँपालीका र डोटि जिल्लाको जोरायल गाउँपालीका रहेको छ । यस गन्यापधुरा गाउँपालीका लाई भौगोलिक रुपमा विभाजन गर्न साविकको असिग्रम गा.वि.स. का १ देखि ९ वडा लाई १ नं. वडा, गणेशपुर गा.वि.स. १ देखि ९ वडा लाई २ नं. वडा, मष्टामाण्डौ गा.वि.स. को १ देखि ९ वडा लाई ३ नंं. वडा र कैलपालमाण्डौ साविक गा.वि.स लाई टुक्रयाई वडा नं. ५ देखि ९ लाई ४ नं. वडा र वडा नं. १ देखि ४ लाई ५ नं. वडा भनि विभाजन गरीएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.