Garuda Municipality Home / Directory
Garuda Municipality
Garuda MUN, Rautahat, Madhesh
Government
Address Garuda MUN, Rautahat, Madhesh

भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश  प्रदेश  अन्तर्गत पर्ने तराई क्षेत्रको जिल्ला रौतहट सदरमुकाम गौर भन्दा उतर २२ कि.मी र चंद्रपुर भन्दा २० कि.मी दक्षिणमा रहेको रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा वृन्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका रहेको छ । विं. स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं. स.२०७१ पुस २१ गते औपचारिक रुपमा साविकको गा.बि.स.हरु गरुडा बैरिया, महमदपुर, जयनगर, गेडहीगुठी, मलाही, पोठियाही र बसबिट्टी जिगडिया समायोजन भै गरुडा नगरपालिकाको स्थापना भएको हो । यसपश्चात लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था पश्चात स्थानीय तह पूर्नसंरचनाका लागि गरिएको निर्णयानुसार साविक गा.बि.स. पिपरिया दोस्तिया र रघुनाथपुर् गाविसको समायोजन भइ ९ वटा वडा सहितको नगरपालिको प्रवद्धिकरण भएको हो । यस नगरपालिकाको क्षेत्रफल ४४ .४६ वर्ग कि.मी. रहेको छ । जातिय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनैतिक महत्व तथा विशेषता बोकेको यस गरुडा नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । सामाजिक अवस्था :- गरुडा न.पा. रौतहटकै प्रगति उन्मुख नगर हो । जहाँ बिजुली, बत्ती, खानेपानी, बाटो घाटो, पुल, अस्पताल, विद्यालय उच्चशिक्षा खेलकुद लगायत सम्पूर्ण दृष्टिले  सु सम्पन्न नगर हो ।यहाँ मुख्यत व्यापार ब्यबशाय ,कृषि मुख्य आम्दानीको स्रोत रहेको छ । यहाँ मुस्लिम,यादव,कलवार लगायत बिभिन्न जातजातिको बसोबास रहेको छ l यस नगरपालिकाको वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिर आकर्षण को केन्द्र रहेको छ ।बिभिन्न धर्म सस्कृती मान्ने व्यक्तिहरुको बसोबास रहेको  यस नगरपालिकामा एक अर्का प्रति सहयोग र अपनत्वको भावना देखिन्छ।बिभिन्न भाषाभाषी को बासोबास रहेको यस नगरपालिकामा मुख्यत बज्जिका भाषा बोलिन्छ ।

गरुडा नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.