पुर्वि नेपाल झापा जिल्लाको पूर्व पश्चिम राजमार्ग वाट १० कि.मि. दक्षिण भागमा अवस्थित गौरादह नगरपालिका प्रशस्त सम्भावना वोकेको नगर मध्ये एक हो। झापाको क्षेत्र नम्बर ५, दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा अवस्थित यो नगरपालिकाको कुल क्षेत्रफल १४९.८६ वर्ग कि.मि. रहेको छ। तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा र साबिकको गौरादह गरी यी ४ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएकोमा नेपाल सरकारको राजपत्रमा मिति २०७३ फागुन २७ गतेको निर्णय अनुसार साबिक बैगुनधुरा गा.बि.स लाई समेत समेटी बृहत नगरपालिका घोषणा भएको हो। यस नगरपालिकामा ९ वटा वडामा बिभजित भएको छ। यस गौरादह नगरपालिकाले जनतालाई सार्वजनिक सेवामा पँहुचको बिकास र विस्तार, सिहंदरबार आफ्नै घरआगनमा आएको अनुभूति दिलाउन,चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेहि, जनताप्रति उत्तरदायि बनाउन र सुशासनको प्रत्याभुती दिने आफ्नो निति अनुरुप मुख्य कार्यालय र ९ वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ।
भौगालिक अवस्थिति
गौरादह नगरपालिकाको परिचय (सारसंक्षेप)
१) नगरपालिकाको स्थापना : २०७२ साल असोज १ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार, पुनः २०७३ साल फागुन २७ गते साविक वैगुनधुरा गाविसलाई समेत गाभेर बृहत नगरपालिका घोषणा भयो ।
२) अवस्थिति :
क) आक्षांस : आक्षांस २६.६७५००० देखि २६.७०८३३३ उत्तर सम्म ।
ख) देशान्तर : देशान्तर ८७.२९१६६७ देखि ८७.३४१६६७ पूर्वसम्म ।
३) क्षेत्रफल : १४९.८६ वर्ग कि.मी.
४) सिमाना :
क) पूर्व : कमल गाउंपालिका, झापा
ख) पश्चिम : रतुवामाई नागरपालिका मोरङ
ग) उत्तर : कमल गाउंपालिका, झापा
घ) दक्षिण : गौरिगञ्ज गाउंपालिका, झापा
नगरको प्रशासनिक विभाजन
१) संघिय प्रदेश नं. : १
२) विकास क्षेत्र : पूर्वाञ्चल
३) अंचल : मेची
४) जिल्ला : झापा
५) जिल्ला सदरमुकाम : चन्द्रगडी
६) निर्वाचन क्षेत्र नं. : ५
७) जम्मा वडा संख्या : ९
नगरको मुख्य खोला तथा तालतलैया
१) खोलाहरु : रतुवा, किस्ने, गौरिया, तालपैनी, रामचन्द्रे
२) तालतलैयाहरु : ११ बिगाहा क्षेत्रमा फैलिएको गौरादहको दह पोखरी, आल्ता खाडी, चान्दु खोला
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.