गेरुवा गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा रहेको छ । कैलालीको चिसापानी पुल देखी ५.४९ कि.मी. दक्षिण क्षेत्रबाट कर्णाली नदी दुई भागमा बिभाजित भई पश्चिममा कैलालीको जानकी गाउँपालिका र पुर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज हुदै बगेको छ । यसरी दुई भागमा बिभाजित भएर पश्चिममा बगेकोलाई कर्णाली नदी र पुर्वमा बगेको नदीलाई गेरुवा नदीको नामले परिचित छ । कर्णाली नदी दुई भागमा बिभाजित हुँदा बिचमा रहेको टापुलाई यही क्षेत्र भएर बगेको गेरुवा नदीको नामबाट यस गेरुवा गाउँपालिकाको नामाकरण गरिएको हो । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जको मनोरम दृश्य तथा निकुञ्जका वन्यजन्तु (बाघ, भालु, हात्ति, मृघ आदि) अवलोकन गर्न पाइन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३-११-२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३-११-२२ मा साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गा.वि.स. समावेश गरी जम्मा ६ वडाहरू कायम गरी गेरुवा गाउँपालिका घोषणा गरिएको हो ।
विश्व मानचित्रमा गेरुवा गाउँपालिकाको भौगोलिक अवस्थिति २८°२४' १८.१७" देखि २८°३५'३६.०४" उत्तरी आक्षांससम्म र ८१°८' ५१" देखि ८१°१५' १२" पूर्वी देशान्तरसम्म फैलिएको छ । यो गाउँपालिका समुद्री सतहबाट १४५ मिटरदेखि १८० मिटरसम्मको उचाइमा फैलिएको छ ।त्यसैगरी ७८.४१ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापुर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेका छन् ।
यस गाउँपालिकाको कुल जनसंख्या ३३,५१४ रहेको छ जसमध्ये पुरूष १५,३६३ र महिला १८,१५१ जना रहेका छन् ।
बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरूमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा गेरुवा गाउँपालिका रहेको छ । यसका अतिरिक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतहरूमा साना व्यापार, सेवामुलक व्यवसाय, नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढीरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यामिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरू रहेका छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सीमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् ।
विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।
आपातकालीन सम्पर्क नम्बर
एम्बुलेन्स सेवा सम्पर्क नम्बर 9840485304
ईलका प्रहरी कार्यालय, शान्तिबजार 9858090111
पशुपतिनगर प्रहरी पोष्ट 9858047100
मनाउ प्रहरी पोष्ट 9858020295
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.