Ghiring Rural Municipality Home / Directory
Ghiring Rural Municipality
Pokharichhap
Government
Office Info
Address Pokharichhap
Email 2 ito.ghiringmun@gmail.com

भिरालो धरातलिय स्वरुपले बनेको यस गाउँपालिका समुन्द्र सतहबाट  ३०० मीटर देखि १००० मिटर सम्मको उचाईमा फैलिएर रहेको छ । यस गाउँपालिकाकाे कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । विश्व मानचित्रमा यो गाउँपालिका २७’ ७०’ ६” देखि २७’ ५८’ ४८” सम्मको उत्तरी अक्षांस र ८४’ ०१’ २१” देखि ८४’ ०५’ १.०४” पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यो पाश्र्वचित्र तयार गर्दा साविक गजरकोट गा.वि.स.को वडा नं. २,४,५,६,७ र घिरिङ्ग सुन्धारा गा.वि.स को वडा नं. ३ को तथ्यांकहरु संकलन गरि हालको वडा नं. १ निर्माण भएको छ, साविक गजरकोट गा.वि.स.को वडा नं. १,३,८ र घिरिङ्ग सुन्धाराको २,८,९ गरि हालको वडा नं. २ निर्माण भएको, साविक घिरिङ्ग सुन्धाराको वडा नं. ४,५,६,७ साभुङ्ग भगवतीपुरको ८ र माझकोटको ६ गरि हालको वडा नं. ३ निर्माण भएको, साविक घिरिङ्ग सुन्धारा १, राम्जाकोट ९ र साभुङ्ग भगवतीपुर गा.वि.स १,५,९ गरि वडा नं. ४ निर्माण भएको र साविक साभुङ्ग भगवतीपुर गा.वि.स.को वडा नं. ३,४,६ र ७ गरि वडा नं. ५ नयाँ वडाहरु निर्माण भएको हो ।

 

यसरी यो गाउँपालिका साविक गजरकोट गा.वि.सको ८ वटा वडा, साभुङ्ग भगवतीपुर गा.वि.स को ८ वटा वडा घिरिङ्ग सुन्धाराको ९ वडा, राम्जाकोट गा.वि.स.को १ वटा वडा, माझकोट गा.वि.स.को १ वटा वडा मिलि बनेको छ । यस गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पश्चिममा  स्यांजा जिल्ला, उत्तर भिमाद ना.पा.  र दक्षिणमा नवलपरासी बाैदीकाली गाउँपालिका  र पाल्पा जिल्लाकाे रामपुर नगरपालिका पर्दछन् । राजनैतिक विभाजनका हिसाबले याे गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा र इलाका नं. ९ अन्तरगत रहेको छ । यस गाउँपालिकाको प्रशासनिक कार्य साविक वडा नं. ६ र हालको वडा नं. ३ मा रहेको गाउँपालिकाकाे  कार्यालयबाट हुने गरेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.