Ghodaghodi Municipality Home / Directory
Ghodaghodi Municipality
Sukhad, Ghodaghodi MUN, Kailali, Sudurpashchim
Government
Address Sukhad, Ghodaghodi MUN, Kailali, Sudurpashchim

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको यस घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका, उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको यो नगरपालिकामा साविकको दरख, साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेस भएका छन । शैक्षिक क्षेत्रमा ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । विकासको मुल आधार नै शिक्षा हो गुणस्तरीय शिक्षा मार्फत यस नगरको विकास सम्भव छ भन्ने कुरा सबैले महसुुस गरेको पाइन्छ ।  यस नगरपालिकामा विभिन्न भाषा, सँस्कृति, रितिरिवाज तथा चालचलन भएका समुदायको वसोवास रहेको छ । विभिन्न चुनौति र सम्भावना बोकेको यस नगरपालिकामा पर्यापर्यटन चिनारीको मुल आधार वन्न सक्ने देखिन्छ । सूचना र सञ्चारको क्षेत्रमा खासै विकास भएको छैन । आधुनिक प्रविधिको प्रयोगले मात्र वदलिदो संसार सँग परिचत हुन सकिन्छ  त्यसैले सूचना प्रविधिको विकास गरि यस नगरलाई सूचना मैत्री नगरको रुपमा विकास गर्न सकिन्छ । यस नगरमा केहि मात्रामा मात्र उद्योग थालनी भएको छ , साना साना बजार मार्फत व्यापार व्यवसाय भैरहेको छ । विभिन्न उद्योग, व्यापार तथा व्यवसायको विकास गरि जनताको आयस्तर वृद्धि गर्नुपर्ने देखिन्छ । यस नगरमा बसोवास गर्ने नागरिकको जीवन स्तर सामान्य भन्दा पनि कमजोर रहेको छ । समाजमा पछाडी परेका वर्गलाई विकासको मुल प्रवाहमा ल्याई समृद्ध नगर विकासमा हातेमालो गर्नुपर्ने देखिन्छ । सबै नगरवासीहरुले यस नगरको विकास भए मात्र हाम्रो विकास हुन्छ भन्ने मान्यतालाई आत्मसात गरि अगाडी वढेमा यो कुरा धेरै टाढा छैन । यस नगरको विकासका लागि कुनै व्यवस्थित योजना नै छैन । अव्यवस्थित बसोवास रहेको छ । विकासको सम्भावनाका क्षेत्र नै पहिचान भएका छैनन । नगरपालिकाका विभिन्न क्षेत्रको नक्सांकन गरि कुन क्षेत्रमा कस्तो खालको विकास आवश्यक छ ? कुन क्षेत्रलाई कुन रुपमा विकास गर्न सकिन्छ ? यसका सम्भाव्यता अध्ययन गरि काम गर्दा व्यवस्थित नगरको रुपमा यसलाई अगाडी बढाउन सकिन्छ । नगरको विकासका लागि आवश्यक पूर्वाधारको विकासमा जोड दिनु पर्ने देखिन्छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात, विद्युत तथा सञ्चारको विकास सबै वडामा भएको छैन । यसको पहिचान गरि विकास गर्न सकेमा हाम्रो नगरपालिका समृद्ध नगरपालिका बन्न सक्छ । यसै कुराहरुलाई मध्ये नजर गरि आ.व. २०७४।०७५ को वार्षिक कार्यक्रम तथा बजेट तय गरिएको छ । समग्रमा हाम्रो नगरपालिकाका केही विशेषताहरु निम्नानुसार छन् ।

घोडाघोडी नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.