Ghorahi Sub-Metropolitan City Home / Directory
Ghorahi Sub-Metropolitan City
Government
Office Info
Address Not available
Fax 082-560162
Toll Free No. 16608256555

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका , पश्चिममा तुलसीपुर उपमहानगरपालिका , उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ ।२०६८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ३५ हजार ४ सय १९ घरधुरीमा गरी कूल जनसंख्या १ लाख ५६ हजार १ सय ६४ रहेको थियो भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७ सय ६१ घरधुरीमा गरी कूल जनसंख्या २ लाख ५ सय ३० रहेको छ जस्मा ४६.८ प्रतिशत पुरुष छन भने ५३.२ प्रतिशत महिला रहेका छन । विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ ।२०७८ सालको जनगणनाको दृष्टिकोणले २५.५ प्रतिशत क्षेत्री , २२.१ प्रतिशत थारु , १९.४ प्रतिशत मगर, ११.४ प्रतिशत ब्राह्मण-पहाड, ७.४ प्रतिशत विश्‍वकर्मा, ३ प्रतिशत परियार, २.२ प्रतिशत मिजार, २ प्रतिशत सन्याशी/दशनामी, १.३ प्रतिशत नेवार, १.३ प्रतिशत ठकुरी जातका मानिसहरुको बसोबास रहेको छ भने बाकिँ अन्य जातिका छन । घोराही उप-महानगरपालिकाको जनसंख्याको ७२.५ प्रतिशतले नेपाली , २१.२ प्रतिशतले थारु, २.४ प्रतिशतले मगर खाम, १.९ प्रतिशतले मगर ढुट, ०.३ प्रतिशतले नेवारी, ०.२ प्रतिशतले अवधी, ०.२ प्रतिशतले भोजपुरी तथा अन्यले अन्य भाषाहरु बोल्दछन् । घोराही उपमहानगरपालिकामा ८५ वटा सरकारी तथा ३० वटा निजी गरी कुल १ सय १५ शिक्षण संस्था रहेका छन् । २०६८ सालको जनगणना अनुसार ७३.५८ प्रतिशत कुल साक्षरता दर रहेको उपमहानगरपालिकामा ८२.१५ प्रतिशत पुरुष साक्षर थिए भने ६६.३३ प्रतिशत महिला साक्षर रहेका थिए भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकाको साक्षरता दर ८३ प्रतिशत रहेको छ जस मध्ये ८९.६ प्रतिशत पुरुष साक्षर छन भने ७७.४ प्रतिशत महिला साक्षर रहेका छन।जिल्लाको सदरमुकाम केन्द्र रहेको यस उपमहानगरपालिका वि.स. २०३५ साल माघ १५ गते तत्कालिन घोराही र सेवार बनगाँउ गाँउ पञ्‍चायतको पुरै भू-भाग तथा हरिद्वार र रावतगाँउ गाँउ पञ्‍चायतको धेरै जसो भू-भाग मिलाएर सो समयमा त्रिभुवननगर नगर पञ्‍चायत बनाएर नगरको रुपमा स्थापना भएको थियो।पञ्‍चायत व्यवस्थाको समाप्ती पछि त्रिभुवननगर नगरपालिकाको नामले चिनिदै वि.सं. २०६५ साल कार्तिक २० गते नेपाल सरकारको निर्णानुसार त्रिभुवननगर नगरपालिकाको नाम संशोधन भएर घोराही नगरपालिका राखिएको थियो। नेपाल सरकारको २०७३ साल फाल्गुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गा.वि.स., सैघा गा.वि.स., धर्ना गा.वि.स., रामपुर गा.वि.स. र लक्ष्मीपुर गा.वि.स. समायोजन भई घोराही उपमहानगरपालिकामा परिणत भएको हो । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.