लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका नेपालका पुराना नगरपालिका मध्ये एक हो । २०५३ साल माघ ११ गते स्थापना भएको यो नगरपालिका २०७३ सालमा राज्यको पुनस्थापना भए पश्चात बर्तमान स्वरुपमा आएको हो । बहुभाषी, बहुधार्मिक, बहु सास्कृतिक मानिसहरुको बसोबास रहेको यो नगरपालिका बास्ताबमा "सयौ थुंगा फुलको माला" जस्तै सुन्दर रहेको छ । मिलाप, सहकार्य, भातृत्व, प्रेम यस नगरपालिका अत्यन्तै सुन्दर पक्ष हुन । बबई/सर्यु नदीको पबित्र काखमा अबस्थित गुलरिया नगरपालिका बास्ताबमै अत्यन्तै सुन्दर छ । बर्दिया जिल्लामा अबस्थित यस गुलरिया नगरपालिकाको आफ्नो छुट्टै ऐतिहासिकता छ र पहिचान छ ।
गुलरिया नगरपालिकामा थुप्रै प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरु छन् । सास्कृतिक पर्यटन यहाको छुट्टै एक महत्वको बिषय हो । कृष्णसार संरक्षण क्षेत्र, तुलसीपुर सिमसार क्षेत्र, सर्यु नदी करिडोर, कृष्णसार ताल, भागहर ताल, थारु संग्रालय, पर्बतिया मन्दिर, कोटही मन्दिर, बगलामुखी मन्दिर, खण्डबाबा मन्दिर क्षेत्र, गायत्री शक्तिपीठ, नथुनिया बाबा जस्ता अति महत्वपुर्ण ठाउहरु गुलरिया नगर क्षेत्रमा रहेका छन् । यहाँ मधेशी, थारु जातिको छुट्टै आफ्नै सास्कृतिक पहिचान छ भने नेपाली भाषी, अबधी भाषी, थारु भाषी, मगर, नेवार, दलित लगायत सबैको आ -आफ्नै पहिचान सहितको सस्कृति देख्न पाइन्छ । गुलरिया नगरपालिकाका यी अत्यन्तै सुन्दर पक्ष हुन ।
यस नगरपालिकाको कुल जनसङ्ख्या ७४,५०५ रहेको छ । जस मध्य ३६,७२७(४९.३) पुरुष र ३७,७७८(५०.७) महिला रहेको छ भने यसको क्षेत्रफल ११८.२१ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा बढैयाताल गाउँपालिका, पश्चिममा मधुबन नगरपालिका, उत्तरमा बारबर्दिया नगरपालिका तथा दक्षिणमा मित्र राष्ट्र भारतको बहराइच जिल्ला रहेको छ । यहाँको हावापानी अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस रहेको छ भने औसत बार्षिक वर्षा १०५० मि.मि रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.